arrow

दोलखा काँग्रेस सभापतिमा खड्का र मानन्धरबीच दोस्रो चरणमा चुनाव हुने

कुन्दनको भुमिका निर्णायक हुने, सचिवमा रिमाल र कोषाध्यक्षमा केसी निर्वाचित

logo
श्याम प्रसाद खतिवडा।
प्रकाशित २०७२ फागुन ९ आइतबार
ishwor-rudra.jpg.jpeg
दोलखा। नेपाली काँग्रेस दोलखाको सभापतिको चुनावमा रुद्र बहादुर खड्का र ईश्वर मानन्धरबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुने भएको छ। पहिलो चरणको प्रतिष्पर्धामा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो। 
 
शनिवार भएको पहिलो चरणको निर्वाचन पछि भएको मतगणनामा रुद्र बहादुर खड्का र ईश्वर मानन्धबीच प्रतिष्पर्धा देखिएको थियो। अरु दुई उमेद्वारहरु कुन्दन काफ्ले र वर्मा लामाले पनि प्रतिष्पर्धामा कडा रुपमा आफूलाई उभ्याएका थिए। तर दोस्रो चरणमा भने उनीहरु जान सफल भएनन्। खड्का अर्जुननरसिंह केसी निकट हुन्। उनलाई देउवा समुहका स्थानिय नेता जिपछिरिङ लामाले सहयोग गरेका थिए। ईश्वर मान्नधर महामन्त्री प्रकाशमानसिंह र बालकृष्ण खाँड निकट हुन। काफ्ले महामन्त्री कृष्ण सिटौला निकट हुन्। लामा भने खुम बहादुर खड्का र सुजाता कोइराला निकट मानिन्छन्।  
 
दोस्रो चरणमा जान नसकेका उमेद्वारहरुको समर्थन समेत आवश्यक हुँदा दोस्रो चरणमा पुग्ने उमेद्वारका बीचमा कडा र रोमाञ्चक प्रतिष्पर्धा हुने देखिएको छ। फागुन ९ गते दिवंगत पार्टी सभापतिको अस्तु सेलाउने र श्रद्धाञ्जली कार्यक्रम गरेपछि दोस्रो चरणको निर्वाचन आइतवार नै गर्ने तयारी निर्वाचन समितिले गरेको छ। 
 
शनिवार राती अबेर प्राप्त मतगणना अनुसार रुद्र बहादुर खड्काले २३३ मत हासिल गरेका छन। ईश्वर मान्नधरले १६६, कुन्दनराज काफ्लेले १४२ र बर्मा लामाले ६९ मत पाएका छन्। पहिलो चरणमा कसैले बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो। दोस्रो चरणमा काफ्ले र लामाको भुमिका महत्वपूर्ण हुने देखिएको छ। त्यसमा पनि यूवाहरुको राम्रो साथ पाएका काफ्लेको समर्थन प्राप्त गर्ने व्यक्ति सजिलै सभापति हुने देखिएको छ।  
 
सचिवमा सन्तोष रिमालले ३६८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिष्पर्धी रामेश्वर उप्रेतीले २१८ मत ल्याएका छन्। कोषाध्यक्षमा कृष्ण केसीले २२१ मत ल्याएर विजयी भएका छन्। सन्तोष मैनालीले १६५ मत ल्याए भने विराजमान श्रेष्ठले १७४ मत ल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ