arrow

मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र मदारबाबा मेला

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
madaar-baba-nawalparasi.jpg.jpeg
नवलपरासी। मुस्लिम र हिन्दू समुदायको आस्थाको केन्द्र बनेको मदारबाबा मेला नवलपरासीमा आगामी फागुन १५ देखि २४ गतेसम्म लाग्ने भएको छ । मदारबाबाको मुख्यस्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र दुम्कीबास डाँडाँमा रहिआएको छ।
 
मदारबाबास्थल क्षेत्रमा मेलामा यस वर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको मेला आयोजक कुलबुल मदरशाहा कुडिया नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताए । अधिकांश भारतीय मूलका दर्शनार्थी आउने सो मेलामा बाबाको स्थल पुगेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक आस्था र विश्वास रहेको छ । 
 
पहाडी सडकखण्डमा करिब पाँच घन्टाको पैदल यात्रापछि मात्र पुगिने मेलामा जान पहाडी सडक हुँदा निकै कठिन परिश्रमबाट मात्र मदारबाबा पुग्न सकिन्छ । मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रशिद्ध रहेको छ । 
 
मेलामा मदारबाबासँग आस्था राख्ने मुस्लिम, हिन्दू, बुद्धिष्ट, क्रिश्चियनलगायतका विभिन्न समुदायका तीर्थालु आउने अपेक्षा गरिएको छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने, विभिन्न दुःखबाट पीडित व्यक्तिहरु निको हुने आस्था र विश्वास रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ