arrow

अखिलमा नविनाको पल्ला भारी; विजय उन्मुख

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
nabina-lama.jpg.jpeg
काठमाडौं। अनेरास्ववियुको २२औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणनामा अध्यक्षका दाबेदार नवीना लामाको पल्ला भारी देखिएको छ। उनले आफ्ना प्रतिष्पर्धीसँग फराकिलो अग्रता कायम गरेकी छन्। खसेको खुल १५ सय १६ मतमध्ये गणना भएको ८ सय ६५ मत गणना हुँदा उनले एक सय बढी मतले अग्रता लिएकी छन्।
 
अध्यक्षमा एमालेको संस्थापन पक्षकी नवीनाले ४ सय ८७ मत ल्याउँदा माधवकुमार नेपाल पक्षका दीपक गौतमले ३ सय ७४ मत पाएका छन्। अझै ६ सय ५१ मत गन्न बाँकी छ। यहि प्रवृतीमा मत आए नविनाले जित्ने निश्चित भएको बताइएको छ। 
 
उपत्यका, मेची, कोशी, माथिल्लो सगरमाथा, जनकपुर, नारायणी, पूर्वी बागमती र गण्डकी सबैमा संस्थापन पक्ष बलियो देखिएको छ। महासचिवमा पनि संस्थापन पक्षका उम्मेदवार ऐन महर पनि बलियो देखिएका छन्। उनले ४ सय ८१ मत पाउँदा अर्का उम्मेदवार अब्दुल हुसेन खाँले ३ सय ६९ मत पाएका छन्। ऐनले १ सय १२ मतले अग्रता हासिल गरेका छन्।
 
उपाध्यक्षमा संस्थापन पक्षका रश्मी आचार्य, शैलेश लामा, महेश बर्तौला र सुनिता बराल नै अगाडि छन्। सचिवमा संस्थापन पक्षका समिक बडाल, आरसी लामिछाने, मकर खड्का र दीपकको प्यानलका सुदेश पराजुली अगाडि छन्। महिला सचिवमा दीपकको प्यानलका आरती लामा, मधेशीमा सोही प्यानलका ओसिम आलम र जनजातिमा संस्थापनका अमृत बुढा अगाडि छन्। कोषाध्यक्षमा संस्थापनका झपिन्द्र खत्री फराकिलो मतान्तरले अगाडि छन्।
 
मतगणनामा अग्रस्थानमा रहेकाहरुको पछिल्लो विवरण यसप्रकार छ :
अध्यक्ष
नवीना लामा ४८७
दीपक गौतम ३७४
 
उपाध्यक्ष
रश्मी आचार्य ४२३
महेश बर्तौला ४४८
सुनिता वराल ३९५
शैलेस लामा ३८३
जीवन राई ३४६
निलकण्ठ आचार्य ३०५
राधिका खतिवडा ३६८
सरोज यादव ३६३
 
महासचिव
ऐन महर ४८१
अव्दुल हुसेन खाँ ३६९



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ