arrow

धनगढीमा आमहड्ताल कायमै, सरकार सुन्दैन, चाडबाडका बेलामा सास्ती मात्रै 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ असोज १४ आइतबार
dhangadi1.jpg

धनगढी । प्रदेश नम्बर ७ को स्थायी राजधानी र नाम राख्ने प्रदेश सभाको निर्णयविरुद्ध शनिबारदेखि  शुरु भएको अनिश्चितकालीन धनगढी बन्द आईतबार पनि यथावतै रहेको छ ।

प्रदेश सभाले दुई तिहाई बहुमतले प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित तेघरीको अन्तरास्ट्रिय मोहना जैविक क्यारिडोर वन क्षेत्रमा र प्रदेशको नाम सुदुर पश्चिम राख्ने निर्णय बिरुद्ध धनगढीमा अनिश्चितकालिन आम हडताल घोषणा गरिएको हो । 

आइतबारको धनगढी बन्दलाई  कैलाली उद्योग वाणिज्य संघ, बस ब्यवसायी समितीहरु, विभिन्न कलेज, प्याप्सन र एन प्याप्सनले पनि समर्थन गरेको वार्ता टोलीका संयोजक भिम बडालले बताएका छन् ।

अनिश्चितकालीन धनगढी बन्द गरिए पनि शनिबार देशका  बिभिन्न स्थाबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको भए पनि धनगढीबाट छुट्ने कुनै पनि यातायताका साधन चल्न सकेनन् । 

यता आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ ।

नेपालीहरुको महान् चाड दशैं सुरु हुन केही दिन मात्रै भएको समयमा प्रदेश सभाको निर्णय विरुद्ध गरिएको आम हड्तालका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ