arrow

सार्वजनिक हुनुपूर्व नै बाहिरियो नोकिया ७.१ प्लसको सबै विवरण

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
nokia_7.1_plus_.jpg

काठमाडौं । नोकियाको आउनलागेको स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिला नै यसको सबै विवरणहरु बाहिरिएको छ । ४ अक्टोबरमा सार्वजनिक गर्ने तयारी गरिएको यो स्मार्टफोनको विवरणहरु टेना वेबसाइटले सार्वजनिक गरेको हो । 

अहिले सार्वजनिक भएको तस्बिरले यो स्मार्टफोन डुयुअल रेयर क्यामेरा रहनसक्ने देखिएको छ । त्यसका साथै यसमा ६.१८ इन्चको एचडी प्लस स्क्रिन हुनसक्ने देखिएको छ । साथै यसमा ४ जीबी र्‍याम रहनेछ भने ६ जीबी र्‍यामको वारिन्ट पनि आउनसक्ने अनुमान गरिएको छ । 

यो स्मार्टफोनमा २.२ गिगाहट्र्जमा चल्ने स्न्यापड्रयागन ७१० प्रोसेसरको प्रयोग गरिएको छ । ४ जीबी र्‍याम भएको स्मार्टफोनमा ६४ जीबीको इन्टर्नल स्टोरेज रहनेछ भने ६ जीबी र्‍याम हुने स्मार्टफोनमा १२८ जीबीको इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ । 
यो स्मार्टफोनमा ३४०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ भने फोनको तौल १८५ ग्रामको रहने बताइएको छ । स्मार्टफोनमा २० मेगापिक्सलको सेल्फी क्यामेरा रहने अनुमान गरिएको छ । 

रेयर क्यामेराको हिसाबमा भने फोनमा १३+१२ मेगापिक्सलको ड्युअल क्यामेराको प्रयोग गरिएको छ । स्मार्टफोनको पछाडि फिंगरप्रिन्ट स्क्यानरको पनि प्रयोग गरिएको छ । यो स्मार्टफोन निलो, रातो तथा सिल्भर रङमा आउनसक्ने बताइएको छ । 

यसअघि सार्वजनिक भएको केही जानकारीअनुसार ४ जीबी वारियन्टको यो स्मार्टफोनको लागि ३९९ युरो मूल्य तोकिएको थियो । 

नोकियाले हालसालै मात्र आफ्नो नोकिया ५.१ प्लस र नोकिया ६.१ प्लस गरी दुई स्मार्टफोन सार्वजनिक गरेको छ । (एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ