arrow

अन्तरिक्षमा कसरी खेती गर्दैछ नासा ? (भिडियोसहित)

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
nasa2.jpg

काठमाडौं । मंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । जसको कारण पठाउने रकेटको तौल पनि धेरै हुनजान्छ । साथै त्यसका लागि ठाउँ पनि धेरै आवश्यक हुन्छ ।

त्यसैले अन्तरिक्षमा जाँदा तौल निकै महत्वपूर्ण हुन्छ । जति कम तौल भयो त्यति नै धेरै राम्रो हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन सकिन्छ । यहाँबाट जाँदा लगिने बिउहरुको तौल निकै कम हुन्छ । जसको कारण नासाको केनेडी स्पेस सेन्टरका वैज्ञानिकहरु अहिले यस विषयमा परीक्षण गरिरहेका छन् । उनीहरु अन्तरिक्षको वातावरणमा विरुवालाई कसरी हुर्काउन सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका हुन् । 

नासाले अहिले ल्याएको योजनाअनुसार आगामी दिनमा अन्तरिक्ष तथा चन्द्रमा तथा मंगल ग्रहमा पनि विरुवा उमार्न सकिने योजना रहेको छ । अहिले केनेडी स्पेस सेन्टरका वैज्ञानिकहरु फरक किसिमको प्रकाश तथा तापक्रममा आधारित रहेर कुन वातावरण राम्रो हुन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् । 

नासाले अहिले अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)को वाातावरणको विषयमा पनि अध्ययन गरिरहेको छ । नासाले थोरै मात्र माटोमा पनि कसरी विरुवाहरु हुर्काउन सकिन्छ भन्ने विषयमा काम गरिरहेको हो । नासाले त्यसका लागि ‘हाइड्रोपोनिक्स’ र ‘एरोपोनिक्स’ गरी दुई प्रणालीको व्यवस्था गर्ने तयारी गरेको छ । यस किसिमको प्रक्रिया नासाको लागि त्यति सहज भने हुन नसक्ने जानकारहरुले बताउँदै आएका छन् । यो प्रणालीबाट धेरै फोहोर हुने र धेरै ठाउँ पनि आवश्यक हुने उनीहरुले बताउँदै आएका हुन् । 

पानीको स्वभाव पृथ्वीभन्दा बाहिर फरक हुन्छ । जसको कारण पृथ्वीभन्दा बाहिर केही दिमाग लगाएर विरुवालाई पुग्दो पानी दिन सकिन्छ । नासाले आईएसएसमा भने तरकारी खेती गरिरहेको छ । यो अनुसन्धानबाट आईएसएसमा रहेका वैज्ञानिकहरुले खेती गर्न र खान पनि सक्छन् ।  पहिलो परीक्षण कृत्रिमा माटोबाट भइरहेको छ । 

अहिले वैज्ञानिकहरु दोस्रो ग्रहहरुको माटोमा पनि खेती गर्न सकिन्छ कि भन्ने विषयमा अध्ययन गरिरहेका छन् । चन्द्रमा तथा मंगल ग्रहको माटो वास्तविक माटो नभएको कारण उक्त माटोमा खेती गर्नु अर्को समस्याको विषय हो । त्यसका साथै माटोमा हुने विभिन्न किसिमको रसायनहरुको कारण उत्पादकत्व पनि निकै कम हुने हुन्छ । 

अहिलेसम्म मंगल ग्रहको माटोको विषयमा धेरै विवरणहरु नआइसकेको भएपनि त्यहाँको वातावरण पनि खेतीको लागि उचित नरहेको भने स्पष्ट भइसकेको छ । यद्यपि त्यसलाई पनि रसायनिक प्रक्रिया वा अन्य कुनै तरिकाको प्रयोग गर्ने विषयमा छलफल भइरहेको बताइएको छ तर यो विवरण भने सार्वजनिक गरिएको छैन । 

अन्तरिक्षमा खेतीको अवधारणा आगामी दिनमा निकै महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका छन् । लामो समयको कुनै ग्रहको अनुसन्धानको लागि यो योजनाले निकै सहयोग पुर्‍याउने उनीहरुले बताएका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ