arrow

बाहिर विद्यार्थीकाे ताला, भित्रभित्रै विश्वविद्यालयकाे यस्ताे तयारी

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असोज १४ आइतबार
krisi-univercity.jpg

काठमाडाैं। रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)ले आङ्गिक र निजी क्याम्पसमा भर्ना प्रक्रिया सँगसँगै अघि बढाउने तयारी गरेको छ । यद्यपि, सम्बन्धनकाे विषयलाई लिएर विद्यार्थीहरुले ताला लगाएका छन् । सरकारी निर्णय विश्वविद्यालयले कार्यान्वयन नगरी निजीलाई सम्बन्धन दिने शृङ्खलावद्ध गतिविधिको विरोधमा विश्वविद्यालयको परीक्षा र शैक्षिक कार्यक्रमबाहेक सम्पूर्ण कामकारवाही बन्द गरिएको विद्यार्थी सङ्गठनले जनाएका छन् । 

विद्यार्थी सङ्गठनले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको नियमित कामकाज भने प्रभावित भएकाे छ ।  विश्वविद्यालयले आठ निजी क्याम्पसलाई दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेको थियो । तर, त्यसविरुद्ध निजी क्याम्पसहरूले सर्वाेच्च अदालतमा दर्ता गरेको रिट निवेदनमा याे निर्णय कार्यान्वयन नगर्न गरेको अन्तरिम आदेश अनुरुप कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी क्याम्पसमा समेत भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने देखिएकाे हो । 

विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा‍‍. अाइपी ढकालले सर्वाेच्च अदालतको आदेश विश्वविद्यालयले पालना गर्ने र यसका लागि भर्ना समिति गठन गरी भर्ना प्रक्रिया अगाडि बढाइने बताए । विश्वविद्यालयको कार्यकारी परिषद्ले असार २० गते आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थी आन्दालित भएका थिए ।

आन्दोलनपछि साउन १४ गते मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयले दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेकामा त्यसविरुद्ध निजी क्याम्पस गत साउन ३१ गते सर्वाेच्च अदालत पुगे । भदौ १ गते सर्वाेच्चले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियाे । १२ भदाैमा त्याे आदेशले सर्वाेच्चबाट निरन्तरता पायाे ।

विश्वविद्यालयले कृषितर्फ स्नातकमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि सहकारी संस्था इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई सम्बन्धन दिएको थियो । वनको सम्बन्धन पाउनेमा सिद्धान्त कलेज गैँडाकोट छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ