arrow

प्रधानमन्त्री ओलीले भने, 'भारतसँगको सम्बन्धमा सुधार भयो'

logo
प्रकाश सिलवाल।
प्रकाशित २०७२ फागुन ९ आइतबार
modi-oli.jpg.jpeg
नयाँदिल्ली। भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताएका छन् । 
 
प्रधानमन्त्री ओलीले गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गरे।  
 
प्रधानमन्त्रीले भारतसँग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसँगको राजनीतिक सम्बन्ध पुनः स्थापित भएको उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। 
 
प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य राजनीतिक सम्बन्ध सुधारमा केन्द्रित रहेकाले भ्रमण त्यस अर्थमा सफल रहेको दाबी गर]। 
 
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमण दुई देशको राजनीतिक सम्बन्ध र आर्थिक विकासका सन्दर्भमा उपलब्धिमूलक रहेको बताए। 
 
छदिने भ्रमणको दोस्रो दिन शनिबार हैदरावाद हाउसमा भएको आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता, दुई पक्षीय छलफल, केही सम्झौतामा हस्ताक्षर, भारतका राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्चपदस्थसँगको भेटबाट आपसी सम्बन्ध सुदृढ भएको मानिएको छ । दुई देशबीचको उच्चस्तरीय वार्तापछि नेपालको भूकम्पपछि पुनःनिर्माण, तराईको सडक पूर्वाधार विकासलगायत सात विषयमा सम्झौता हुनुका साथै मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन उद्घाटन भएको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भारतीय समकक्षी नरेन्द्र मोदी र दुई पक्षीय वार्ताबाट प्रधानमन्त्री ओली सन्तुष्ट देखिनुभएको बताए। 
 
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधारमा सघाउ पुगेको धारणा राखे। 
 
प्रधानमन्त्री उत्तराखण्ड जाँदै 
 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आज विश्वकै लामोमध्येको एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेह्री जलविद्युत् बाँधको अवलोकन गर्नेछन्। प्रधानमन्त्री ओली आजै नयाँदिल्ली फर्केर यहाँस्थित राजनीतिक दलका नेतासँगको भेटघाट गर्नेछन। उनले नेपाली दूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ