arrow

नवलपरासी मेलामा फिल्म रिलिज मिति घोषणा

फिल्मका निर्देशकले ‘के म तिम्रो होइन र’ को शिर्ष गीत गाउँदै प्रदर्शन मिति घोषणा गर्दा गृह जिल्लाका दर्शकले ताली बजाएर स्वागत गरेका थिए ।

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
aakash-adhikari.jpg.jpeg
काठमाडौं । आकाश अधिकारीले गृह जिल्ला नवलपरासी मेलामा पुगेर फिल्म ‘के म तिम्रो होइन र’ को प्रदर्शन मिति सार्वजनिक गरेका छन् । पश्चिमाञ्चल स्तरिय नवलपरासी औद्योगिक व्यापार मेलामा सहभागी करिब पन्ध्र हजार दर्शकहरुमाझ निर्देशक अधिकारीले आफ्नो फिल्मको बैशाख ३१ गतेदेखि देशभर प्रदर्शनमा आउने खुलाएका हुन् ।

‘कोहिनूर’ फिल्मका निर्देशकले ‘के म तिम्रो होइन र’ को शिर्ष गीत गाउँदै प्रदर्शन मिति घोषणा गर्दा गृह जिल्लाका दर्शकले ताली बजाएर स्वागत गरेका थिए । द् स्काइ मुभिज र अधिकारी ब्रदर्स पिक्चर्सको संयुक्त प्रस्तुतीमा निर्माता सुरेश अधिकारीको निर्माण रहेको यो फिल्ममा नव नायक आर्यन अधिकारी र नव नायिका मरिस्का पोखरेल मुख्य भूमिकामा प्रस्तुत भएका छन । यी नव जोडीसँगै गौरी मल्ल, मिथिला शर्मा, रमेश अधिकारी, आकाशबाबु खवास, प्रज्जवल गिरी, बिनोद केसी, सुरेन बसेल, सबिना गोपालीको पनि अभिनय रहेको छ । 

बसन्त सापकोटा र तारा प्रकाश लिम्बुको संगीत रहेको ‘के म तिम्रो होइन र’ लाई नवराजकृष्ण थापाले खिचेका छन् भने कथा निर्देशक अधिकारी र पटकथा एंव संवाद यम थापाको रहेको छ । बसन्त कुमार श्रेष्ठ र रेनशा वान्तवा राईले फिल्ममा कोरियोग्राफी गरेका छन् । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ