arrow

चीनबाट अवैध रुपमा नेपाल भित्रिएको मदिरा नष्ट

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
chinese-alcohol.jpg

हुम्ला । चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको रु एक करोड ८४ लाख ८ हजार मूल्य बराबरको चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ । 

जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।

गएको भदौ १ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ