arrow

धनगढीमा जारी आमहड्ताल स्थगित ,आन्दोलनको स्वरुप फेरियो, सोमबार राति ब्ल्याक आउट 

बडादशैं र विद्यार्थीको परीक्षालाई विशेष ध्यान

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७५ असोज १५ सोमबार
release.jpg

धनगढी । प्रदेश नम्बर ७ को प्रदेश सभाले राजधानी र नाम तोकेको निर्णय विरुद्ध धनगढीमा जारी आमहड्ताल स्थगित गरिएको छ । नागरिक समाज संघर्ष समिति धनगढीले प्रेस विज्ञप्ति जारी गर्दै आमहड्ताललाई स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको जनाएको छ । 

सोमबार राति ८ बजे धनगढी उपमहानगरपालिकाभित्र १ घण्टा ब्ल्याक आउट गर्ने निर्णय गरिएको संघर्ष समितिले विज्ञप्तिमार्फत जनाएको छ । 

नेपालीहरुको महान चाड बडादशैं नजिकिए संगै धनगढीस्थित विभिन्न संघ संस्थाहरुको आग्रह र बिद्यार्थीहरुको परीक्षालाई असर पर्न जाने हुँदा तल्काललाई आमहड्ताल स्थगित गरी आन्दोलनको स्वरुप परिबर्तन गरिने विज्ञप्ति मार्फत जनाइएको छ । 

आन्दोलनलाई बदनाम पार्न सरकारले घुस पैठ गर्ने तयारी गरेको बुझिएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्नु परेको जनाइएको छ । आन्दोलनका भावी कार्यक्रम सोमबार घोषणा गरिने जनाइएको छ ।
प्रदेश सभाले प्रदेश नम्बर ७ को राजधानी गोदावरी २ र ४ मा पर्ने तेघरीस्थित अन्तरास्ट्रिय मोहना जैविक मार्गमा राख्ने प्रस्ताव पेश गरिए लगत्तै धनगढीमा आन्दोलन सुरु भएको थियो । 

प्रस्तावित राजधानी र नामको बिषयमा धनगढी र डोटीमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिए पनि प्रदेश सभाले दुई तिहाई बहुमतले प्रस्ताव पारित गरि चुरेको फेदमै रहेको जैविक मार्गमै राजधानी तोकेको थियो । 

प्रदेश नम्बर ७ को मुख्य ब्यापारिक नाका धनगढीमा गरिएको हडतालका कारण जनजीवन नराम्ररी प्रभावित बन्न पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ