arrow

अद्भूत क्षमताको अमेरिकी विमान जसले एकैसाथ बोक्नसक्छ ५ हेलिकप्टर

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
armyplane.jpg1.jpeg

एजेन्सी ।सी-५ सुपर गैलेक्सी विमान मालवाहक विमान हो । अमेरिकी एयर शोमा प्रदर्शन गरिएको सो विमान लाकहीड मार्टिन कम्पनीले यसको पुरानो भर्जन केहि बर्ष पहिले बनाएको थियो ।

विमान सँगै छेउमा सी-१३० हर्कुलस विमान रहेको छ जसलाई कयौ देशमा जम्बो बिमान पनि भन्ने गरिन्छ । यसका साथै तस्विरमा छोटो आकारका  फाइटर प्लेन पनि देख्न सकिन्छ ।
 
७५.५३ मीटर लामो र १९.८४ मीटर ऊचाई भएको सी-५ सुपर गैलेक्सी विमान बारूदी सुरुङग हटाउने छ वटा गाडिहरु  वा पांच वटा हेलिकप्टर बोक्न सक्दछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस बिमानको क्षमताको कारण  युद्धको नतिजामा फरक पार्नेछ ।

सन् २००९ मा विमानको पुरानो मोडलको मुल्य १ खर्ब रुपैया रहेको थियो । सी-५ सुपर गैलेक्सी बिमान अमेरिकी वायु सेना र त्यसका  अन्तरिक्ष अभियानहरुमा सहयोग कार्यमा लगाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ