arrow

स्तन क्यान्सर सचेतनाका लागि सेरेनाले नाङ्गो छाती छामिन् 

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
serena.JPG

एजेन्सी । स्तन क्यान्सर जनचेतना महिना अभियानका क्रममा टेनिश स्टार सेरेना विलियम्सले आफ्नै शरीर प्रयोगमा ल्याएकी छन् । यू एस ओपनको फाइनलमा जापानी खेलाडीसँग पराजित हुँदा रेफ्रीलाई गाली गर्दै ब्याट भाँचेर विवादमा परेकी सेरेनाले, स्तन क्यान्सर बिरुद्ध चेतना जगाउन आफ्नो नाङ्गो छाती हातले छाम्दै गरेको गीत सहितको भिडियो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन् । 

भिडियो क्लिप सार्वजनिक गर्दै सेरेनाले स्तन क्यान्सर सचेतना महिना अभियानका क्रममा महिलाहरुलाई आफ्नो स्तन आफै परीक्षण गर्न सम्झाउनका लागि मैले डिभिङलिस (अष्ट्रेलियन रक ब्याण्ड) को विश्व चर्चित आइ टच माइसेल्फ भर्सन रेकर्ड गराएको हुँ भनेकी छन् । स्तन क्यान्सरले विश्वभरका सबै रंगका सबै महिलालाई असर पारेको भन्दै सेरेनाले आफ्नो स्तन आफैंले छामेर परीक्षण गर्दा मैले आफुलाई सुरक्षित महसुस गरेको छु पनि भनेकी छन् ।

क्यान्सरको शुरुवातमै पहिचान गर्न सके सयौं जीवन जोगाउन सकिने उनको भनाइ छ । सेरेनाले अभिनय गरेको यो भिडियो, डिभिङ्लिज ब्याण्डकी प्रमुख गायिका क्रिसी आम्फ्लेटको सम्मान स्वरुप रेकर्ड गराएको पनि उनले बताइन् । क्रिसीको सन् २०१३ मा क्यान्सरकै कारण निधन भएको थियो । सरेनाको आवाज र उनले स्तन क्यान्सर भएकाहरुका लागि गरेको सहयोगको हजारौंले प्रसंशा गरेका छन् । 

भिडियाे हेर्न याे लि‌ंकमा क्लिक गर्नुस् : भिडियाे  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ