arrow

अव संस्थापन र देउवा पक्ष भन्ने छिर्का समेत आउदैन: महामन्त्री सिटौला

तेह्रौँ महाधिवेशनबाट गुट र उपगुटको अन्त्य

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
krishna-prasad-sitoula.jpg.jpeg
इटहरी। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएका ६०/४० को भागबन्डालाई अन्त्य गर्नका लागि आगामी १३औँ महाधिवेशनले महत्वपूर्ण निर्णय निकाल्ने बताएका छ।
 
पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा झापामा आयोजना हुने शोकसभामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशभरका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले पार्टीलाई ऊर्जाशील तुल्याउन नयाँ जोस र रणनीति बोकेर आउने विश्वास बढेको छ भनेका छन्।
 
उनले भने–“अब यहाँ संस्थापन पक्ष र देउवा पक्ष भन्ने भावनाको छिर्का समेत नआउन दिनका लागि प्रतिनिधिले सुझबुझ देखाउनुपर्छ। ” उनले धनुषा, बारा र पर्सामा नेतृत्व छनोट भइरहेको र ५१ जिल्लामा सम्पूर्ण निर्वाचनका प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिँदै आफू सभापतिको आकाङ्क्षी भएर मैदानमा आइसकेको बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ