- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियासँग ६० न्युक्लियर हतियार रहनसक्ने बताएको छ । दक्षिण कोरियाका एक मन्त्री चो म्योङ ग्योङले संसदमा बोल्दै यस्तो बताएका हुन् । उनले उत्तर कोरियासँग २० बमदेखि ६० न्युक्लियर हतियार हुनसक्ने बताएका हुन् ।
उत्तर कोरियाको विषयमा आधिकारिक रुपमा सार्वजनिक गरिएको यो पहिलो हतियारको विवरण हो । उत्तर कोरियाले निकै गोप्य राख्ने गरेको यी विवरणहरु सार्वजनिक भएको हो
वकिलहरुको जवाफ दिने क्रममा उनले गुप्चतर संस्थाहरुबाट आएको विवरण सार्वजनिक गरेका हुन् ।
मंगलबार दक्षिण कोरियन अधिकारीहरुले यस किसिमको विवरणले उत्तर कोरियालाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा कुनै नीति नआउने बताएका छन् ।
यस विषयमा दक्षिण कोरियाको गुप्तचर निकायले भने कुनै जानकारी दिएको छैन । एजेन्सी