arrow

अष्ट्रेलियामा कोईरालाको शोक–सभा

महाधिवेशन–प्रतिनिधि छनौटका लागि समिति गठन

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
austrilla-nepal.jpg.jpeg
सिड्नी (अष्ट्रेलिया) l नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री स्वर्गिय शुसिल कोईरालाको १३ दिनको पुण्य तिथीको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आज शोक तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ  । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको प्रमुख आतिथ्यतामा सड्नीको वोण्डाईमा आयोजित सो शोक–सभामा एनआरएन एनएसडव्लुुका स्टेट संयोजक दिनेश पोख्रल, एनआरएनका पूर्व अध्यक्ष महेन्द्र ओलि, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठ, एन.ए.डि.एफ.का महासचिव डा.ज्ञानेन्द्र रेग्मी, नयाँ शक्ति अष्ट्रेलियाका संयोजक विनोद पौडेल, संघिय समाजवादी पार्टी अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ्ग, नेम्फाका अध्यक्ष चित्रातुम्वाहाम्फे लगाएतका वक्ताहरुले स्वर्गिय शुशिल कोईरालाको सदा–जीवन तथा उहाँको सफल नेतृत्वले मुलुकले संविधान प्राप्त गर्न सफल भएको विचार राखेका थिए ।
 
समितिका सभापती सन्तोष सिटौलाका सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पत्रकार विश्वामित्र खनालले स्वर्गिय कोईरालाको जीवनीका वारेमा बताए । भने कार्यक्रम संस्थाका सह–सचिव शितल गिरीले संचालन गरेका हुन्  । शोक–सभा पछि वसेको नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाको वैठकले डा.भरतराज पौड्याललाई सल्लाहाकार रसस्थाका सल्लाहाकार राजन सिटौलालाई पव्लिक रिलेसन अफिसरमा मनोनित गर्नुका साथै आसन्न १३औं महाधिवेशन प्रतिनिधि छनौट गर्नका लागि सभापती सन्तोष सिटौलाको अध्यक्षतामा तीन सदस्यीय कमिटि गठन गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ