arrow

१३ वर्षे बालिकाको साथी र जिन्दगी 'सर्प'

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
snake-girl1.jpeg

हमिरपुर । कतिपय मानिस सर्पको नाम सुन्न बित्तिकै डराउँछन् । अगाडि देखे भने १२ हात टाढै बस्छन् । बच्चाबच्चीको के कुरा बुढाबुढी पनि भाग्छन् सानो एक हाते सर्प देखे पनि ।
 
तर भारतको बुंदेलखण्डकी एक १३ वर्षे बालिकाको बिहान साँझको खेलोखेती भनेकै तिनै सर्पहरुसंग रहेर रमाउनु हो । उनी बिशालु सर्पसंग बसेर रमाउँदिनन्मात्र कि शिव भगवानलेजस्तै ज्यूँदा सर्पको माला नै लगाउँछिन् ।
 
तिनै १३ वर्षे नाजनिनलाई सर्पको यस्तो लत बसेको छ कि उनी एक छिन पनि सर्पबिना रहन सक्दिनन् ।
 
उनलाई हमीरपुरका मानिसहरु विषकन्यासमेत भनेर बोलाउँछन् । नाजनीनले खेलने खानेदेखि लिएर गाउनेसम्मको काम तिनै सर्पसंग बसेर गर्छिन् ।
 
उनका वरिपरि सर्प आफै घुम्ने गर्छन् । नाजनीनको परिवारले पहिले सपेराको काम गर्दथ्यो । त्यो पेशा उनीहरुले छोडेको वर्षौं भइसकेको छ । परिवारलेसमेत नाजनीनले देखाएको हर्कत मन पराउँदैन । तर उनले भने यो काम छोड्ने नामनिशान लिँदैनिन् । उनी त्यसमै दङ्ग छिन् ।
 
नाजनीन त पात्र मात्र हुन् । त्यो ठाउँमा बालबालिकाहरु त्यही सर्प देखेरै समय बिताउँछन् । विद्यालयसमेत जान छाडेपछि भने अभिभावकलाई समस्या भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ