अमेरिकाको अदालतमा नेपाल भाषाबाटै बयान दिन पाइने, नेवार समुदाय उत्साहित
प्रकाशित २०७५ असोज १६ मंगलबार
448
Shares
अमेरिका । अमेरिकामा नेपाल भाषा (नेवारी भाषा) प्रयोग गर्न पाउने भएको छ । अमेरिका स्थित ओरेगन राज्यको अदालतले नेपाल भाषा प्रयोग गर्न अधिकार दिएको हो ।
नेवार समुदायलाई नेपाल भाषाबाटै अदालतमा बयान दिने अधिकार दिएको र अदालतले दोभासे प्रयोग गर्ने जनाइएको छ । यहि सेप्टेम्बर ११ देखि २३ भएको ओरेगन राज्यको व्यवसायिक दोभासेहरुको सम्मेलनमा सो प्रस्ताव पारित गर्दे माग बमोजिम अदालतले पनि सो अधिकार दिएको जनाइएको छ ।
अमेरिकामा बसोवास गर्ने नेवार समुदायको तर्फबाट भाषाविद् दयारत्न शाक्यको पहलमा सो अधिकार प्राप्त गर्न सफल भएको जनाइएको छ । नेवार समुदायहरु आफनै मौलिक लिपि र भाषा भएकोले अदालती समस्या आए आफनै भाषा प्रयोग गर्न पाउने मागलाइ सकारात्मक रुपमा लिदै अधिकार दिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् ।
अब संबैधानिक अधिकार पालना गर्दे अदालतका न्यायाधिश सामु नेपाल भाषा प्रयोग गरेर आफ्नो भनाई राख्न पाउने अधिकार प्राप्त भएको भाषाविद् शाक्यले जानकारी दिए। अब अमेरिकाको अन्य राज्यहरुमा पनि यस्तो अधिकारका लागि पहल गर्ने उनले बताए ।