arrow

‘मृत्यु शहरको एक कथा’ : यात्रु झस्काउने शालिकहरु

logo
कर्ण चन्द,
प्रकाशित २०७२ फागुन ९ आइतबार
Rod-Accdent-new-photo.jpg.jpeg
डोटी । भीमदत्त राजमार्गको सडक किनारको ठाउँ–ठाउँमा बनेका शालिक हेर्दा, झट्ट जो कोहीले यो सडक खण्ड भन्दा पनि मृत्यु शहर हो भन्ने सम्झिन्छन् । ठूल–ठूला घतलाग्दा सडक दुुर्घटनामा थुप्रै नागरिकले यस सडक खण्डमा अकालमै मृत्युवरण गरे । मृतकको सम्झनामा दुर्घटनास्थलको सडक किनारामा शालिक निर्माण भएका छन् । डोटी डडेल्धुरा हुँदै कैलाली जोड्ने भिमदत्त राजमार्गका डिलडिलमा बनेका शालिकले यात्रुको मनमा त्रास पैदा हुन्छ । ‘ओहोर दोहोर गर्नेलाई घरि–घरी झस्काउँछन् ।’ 
 
सडक किनारमा ठिङ्ग उभिएको निर्जिव एक स्मारकले यात्रुको मनमा अनेक प्रकारको तरंग पैदा गर्छ ।  कतिपयलाई असुरक्षित यात्राको त्रासले सताउँछ भने कतिलाई आफन्तले त्यही सडकमा मृत्युवरण गरेको सम्झनाले सताउँछ । यात्रा स्तब्धपूर्ण नै बन्ने गर्दछ । भीमदत्त राजमार्गमा  भएका सडक दुर्घटनामा परी मृत्युवरण गरेका व्यक्तीहरुको सम्झनामा बनेका शालिकले यात्रु तथा चालकको मनमा अनेक कुरा मन्थन गर्न बाध्य पार्छन् । नियमित जसो उक्त सडक खण्डमा यात्रा गर्ने डोटी तिजाली गाविसका लोकेन्द्र अधिकारीले भने, ‘सडक छेउमा बनेका शालिकले विगतमा सडक दुर्घटनालाई त सम्झाउँछ नै, अर्को हुन सक्ने दुर्घटना हुने त्रास पैदा गर्छ ।’ सडक छेउमा बनेका शालिक र दुर्घटना हेर्दा लाग्छ यो मृतकहरुको एक शहर नै हो ।’ कुरा गर्दै जाँदा अधिकारीले थपे ‘यो सडकमा किनारमा बनेका स्मारक, शालिक मात्र हैन विगतमा भएका दुर्घटना फेरी नहोस भनेर चालकका लागि सचेतक पनि हुन् ।” 
 
डडेल्धुरा देखि कैलालीकोबीचमा पर्ने भिमदत्त राजमार्ग धेरै सडक दुर्घटना हुने क्षेत्र हो । सडकका छेउमा बाक्लो रुपमा मृतकहरुको सम्झनामा शालिकहरु बनेका छन् । विगत ५ वर्ष यता वार्षिक रुपमा एक सय जनाले सोही सडक खण्डमा मृत्युवरण गर्ने गरेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।सडक किनारमा टाँगिएका होडिङ बोर्डमा ठुला अक्षरले लेखिएको हुन्छ “सावधान बढी दुर्घटना हुने क्षेत्र ।”  जोखिम मोलेर यात्रा गर्नु नागरिकको बाध्यता रहेको दिपायलका  डलब साउँदले बताए । साउँदले भने, ‘गाडीले घच्याक धुच्चुक गर्दा मन झस्कन्छ, चिन्ता लाग्छ, तीब्र गतीमा गुड्ने ठुला बस दुर्घटना हुँदा कती क्षति हुन्छ ।”
 
सडक किनारका शालिक एक सम्झनाका लागी मात्रै होईन गति नियन्त्रक ब्रेकरको पनि काम गर्ने गरेको भिमदत्त राजमार्गमा सवारी हाँक्ने चालक हिमबहादुर धामीले बताए । उनले भने, ‘सडक दुर्घटना भएको ठाउँमा बनेका शालिक देख्दा विगतका घटनाको सम्झना आउँछ, जसले गाडीको गति घटाउन समेत कर गर्छ ।”यात्रुलाई शालिकले मात्रै होइन गाडीको बाहिर लेखिएको सन्देशले पनि झस्काउँछ । गाडीका बाहिर भित्तामा लेखिएका साना सन्देशले मान्छेको निकै मन छुने गर्छ ।  विस्तारै गए अवश्य पुगिन्छ, चाँडो गए भन्न सकिन्न भनेर लेखिएको  सन्देश  र सडक किनारमा रहेका शालिक सम्झदा गन्तव्यमा नपुग्दासम्म चिन्ता लाग्ने गरेको धिर्कामाण्डौ गाविसका देव बोहराले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ