arrow

कांग्रेस नेतृ डिला संग्रौलाले थालेको ‘प्रदेश एकको संभावना खोजी अभियान’ धनकुटामा 

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
dila-sangraula.jpg

धनकुटा । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले संचालन गरेको ‘प्रदेश एकको संभावना खोजी अभियान’ बुधबार धनकुटा आइपुगेको छ । गत १३ गते इलामबाट सुरु भएको अभियान पाँचथर, ताप्लेजुङ र झापा हँुदै बुधबार धनकुटा आइपुगेको हो ।

काँग्रेस नेतृ संग्रौलाले गत १४ गते पाँचथर, १५ गते ताप्लेजुङङ्ग र १६ गते हिजो झापामा  पार्टीका सवै तहका नेता कार्यकर्ता, स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरु, विज्ञहरुलगायतसँग हरेक जिल्लामा छलफल गरिसकेकी छिन् । 
 
प्रदेश एक अन्तर्गतका अन्य जिल्लाहरुमा पनि उनले छलफल गर्ने र छलफलका क्रममा प्राप्त सुझावहरुलाई समेटेर कार्ययोजना तयार पार्ने बताइन् । 

छलफलका लागि उनले “प्रदेश नं. १ को संम्वृद्धि र विकासका लागि नेपाली कांगे्रसको भावि कार्यदिशा” शिर्षकमा अवधारणा पत्र तयार पारेकी छिन् । आफुले बनाएको अवधारणा पत्रमा उनले छलफलमा प्रस्तुत गरी त्यसमाथि सुझाव संकलन गर्दै आएकी छिन् । 
 
उनले तयार पारेको कार्यपत्रमा गरिवी र बेरोजगारी, विकट ठाँउमा आधारभुत स्वास्थ्य सेवाको अभाव, न्यूनतम औसत आयु, जनताको आर्थिक असमानता, स्वच्छ खानेपानीको अभाव, भान्सामा दाउराको प्रयोग, उच्च शिशु मृत्युदरलाई मुख्य चुनौतीका रुपमा उल्लेख गरिएको छ । 

त्यसैगरी प्रदेश एकमा पर्याप्त मात्रामा पाईने जडीबुटी, फलफुल, कृषि, अन्नबालीको आधुनिक प्रविधि र दक्षता उपयोग गरी बढोत्तरी गर्न ठोस नीति निर्माण गर्ने, महिला, आदिवासी जनजाति, दलित, उत्पीडित, विपन्न वर्ग, मुस्लिम, मधेसी, अल्पसंख्यक, अपाङ्ग आदिको सर्वोपरी हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्ने, समाजमा हुने छुवाछूत, भेदभाव, लैङ्गिक असमानता, महिलामाथि हुने घरेलु हिंसा, यौन दुव्र्यवहार लगायत सामाजिक विकृति विरुद्धका कार्यहरु निरुत्साहन गर्ने कार्यक्रमहरु सञ्चालन गरेमा प्रदेश एकको संबृद्धिलाई टेवा पुग्ने उहाँले अवधारणापत्रमा उल्लेख गरिएको छ ।
 
अहिलेसम्म चार जिल्लामा भएको छलफलमा अत्यन्त रचनात्मक र बस्तुनिष्ट थुप्रै सुझावहरु प्राप्त भएको डा संग्रौलाले जानकारी दिइन् । 

धनकुटमा बुधबार छलफल सकिएपछि बुधबारै तेह्रथुम गएर त्यहाँ बिहीबार बिहान छलफल गर्ने तयारी भएको उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ