arrow

विवाहित पुरुष र महिलाको 'अफेयर' मा अमेरिकाभन्दा युरोप अगाडि, कुन देशमा कति ?

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
after-marrige.jpg

एजेन्सी। विवाहित पुरुष, महिला 'अफेयर' मा रहनुलाई विश्व समुदायले कसरी हेर्दछ भन्ने  एक सर्भेक्षण भएको छ। सर्भेले विश्व व्यापी रुपमा आम मानिसलाई एउटा प्रश्न गरेको थियो। 'के विवाहित पुरुष महिला अफेयरमा हुनु नैतिक रूपमा ठीक र स्वीकार्य हो ?' जसको उत्तरमा आएको आंकडा हेरेर अनुसन्धानकर्ताहरु नै   हैरान भएका थिए।
 
'वासिङगटन पोस्ट' का अनुसार ८४ प्रतिशत अमेरिकन भन्छन्-विवाहित मानिसले यस्तो सम्बन्ध बनाउनु अस्वीकार्य हो। यस्तै बेलायतमा यस्तै उत्तर दिने ७६ प्रतिशत रहेका छन्। ग्रीसका ७९ प्रतिशत मानिस विवाहित पुरुष, महिला अफेयरमा रहनु अस्वीकार्य भनेका छन्। यस्तै फ्रान्समा ४७ र जर्मनीमा ६० प्रतिशत सम्बन्धलाई बेठिक भनेका छन् । यो आकडा प्यू रिसर्चले केहि बर्ष अगाडि गरेको सर्भेमा आधारित छ।
 
सर्भेले खुलाएको छ - अधिक विषयमा अमेरिकी र यूरोपीयन नागरिकहरुबीच एउटै मत छ। तर जर्मनीमा भने त्यसो हुने छैन। जर्मनी नग्न समुद्री तटको रुपले चर्चित छ , जहां ४० प्रतिशत अफियरको पक्षमा देखिएका छन्। त्यसैले   पछिल्लो समय नग्न समुद्री तटमा अझ भिड देखिने छ।
 
यसरी भन्ने हो भने  तुलनात्मक रुपमा अमेरिकामा नग्नता यूरोपको तुलनामा कम स्वीकार्य छ। प्राय सबै यूरोपीयन नागरिक  विवाह पूर्वको सेक्सलाई जायज मान्दछन्।  तर  एक तिहाई अमेरिकी नागरिक  विवाह पूर्वको सेक्सलाई बेठिक भन्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ