arrow

तेघरी राजधानीका पक्षधरद्वारा अत्तरियामा पत्रपत्रिका जलाइएको प्रति महासंघको आपत्ति

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
patrapatrika.jpg

धनगढी ।  प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएको प्रति नेपाल पत्रकार महासंघ कैलालीले आपत्ति जनाएको छ ।  

महासंघले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ ।

‘बाघ हिड्ने बाटोमा राजधानी’ र चुरे संरक्षणमा तेघरी वन महत्वपुर्ण रहेकाले प्रदेश राजधानी उक्त स्थानमा उचित नहुने तर्कको समाचार प्रकाशन गर्दै आएका राष्ट्रिय दैनिक कान्तिपुर , नागरिक र अन्नपूर्ण पोष्ट लगायतका दैनिक अखबार अत्तरीया बजारमा अपराधिक मानसिकता भएको एक समुहले बिहान जलाएको थियो ।

नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको जनाइएको छ ।

प्रदेश राजधानी गोदावारीको तेघरीस्थित जंगलमा बनाउन नहुने बहस र चर्चा चलिरहेकै अबस्थामा ठुला मिडियाहरुले उक्त बिषय कभरेज गरे पश्चात्  पराजित मानसिकता बोकेका कायर्हरुको एक झुन्डले अखबार जलाउने काम सुरु गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ