arrow

तिक्तता मेट्दै अंगालोमा बाँधिए अमिताभ शत्रुघ्न

पुस्तकका अनुसार एक समयमा फिल्ममा अमिताभ भन्दा बढी सिन्हालाई दर्शकले मनपराउँथे त्यसकारण पनि अमिताभ यो कुराबाट चिढिएका थिए ।

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
amitabh-shatrughan-759.jpg.jpeg
मुम्बई । बलिउडका प्रखर दुई अभिनेता शत्रुघ्न सिन्हा र बीग बी अमिताभ बच्चनको सम्बन्ध खासै राम्रो छैन । उनीहरुको सम्बन्ध के कारणले बिग्रिएको हो त्यो कमैलाई मात्र थाहा होला, तर हालै आयोजित सिन्हाको पुस्तक ‘एनीथिङ बट खामोस’सार्वजनिक कार्यक्रममा भने यी दुई अभिनेता पुरानो तिक्ततालाई बिर्सदै अंगालो मारे र पुस्तक पनि सँगै सार्वजनिक गरे । पुस्तक सार्वजनिकसँगै उनीहरुले अंगालो पनि मारे ।

लेखक सिन्हालाई पत्रकारले अमिताभ र उनको मनमुटाबको बारेमा प्रश्न गर्दा उनले ‘यो सबै पुरानो कुरा हुन्’ भन्दै टार्न खोजे । उनले पुस्तकका बारेमा भने,‘यदि लेखेको थिईन भने यो एउटा अनेष्ट बायोग्राफी मात्र हुने थियो । यसको मतलब यो होईनकी आज मेरो हृदयमा अमिताभका लागि केही नराम्रो कुरा छ । यदि हामी साथी हौं भने हामीसँग लड्ने जोश पनि छ । ’

अमिताभ र शत्रुघ्नको जोडी दोस्ताना, नसीब, शान र काला पत्थर जस्ता फिल्ममा जमिसकेको छ । उनको पुस्तकका अनुसार एक समयमा फिल्ममा अमिताभ भन्दा बढी सिन्हालाई दर्शकले मनपराउँथे त्यसकारण पनि अमिताभ यो कुराबाट चिढिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ