arrow

भूमिगत संगठनका कमाण्डरसहित कांग्रेस नेताको हत्या गर्ने गिरोह पक्राउ

‘जनतान्त्रिक टाईगर जनशक्ति पार्टीको नाममा हत्या आतंक’

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
bhumigat-sangathan.jpg.jpeg
काठमाडौं । तराईमा जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामक भूमिगत संगठनको नाममा हत्या गर्ने गिरोह प्रहरी फन्दामा परेको छ । गएको माघ २२ गते राति झण्डै ८ः४५ बजे धनुषाको बालाबखर गाविस–४ बैरीया टोलस्थित सडकमा कांग्रेस नेता राजेन्द्र प्रसाद यादवलाई अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेपछी घटनाको अनुसन्धान गर्दै जाँदा उक्त गिरोह पक्राउ परेको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ । व्यूरोले विज्ञप्ती जारी गर्दै वर्ष ५० का यादवलाई अज्ञात व्यक्तिहरूले गोली प्रहार गरी हत्या गरेको उल्लेख गरेको छ । 
 
विज्ञप्तीमा भोलिपल्ट अर्थात् माघ २३ गते करिब ८ः४५ कै समयमा धनुषाकै गणेशमान चारनाथ नगरपालिका –४ स्थित वीरेन्द्र बजारमा रहेको नगरपालिका कार्यालय अगाडी वडा नम्बर–१ बस्ने वर्ष ४५ का नसिव मियाँ राईन र वडा नम्बर–९ स्थित कमला नदीको पुलमा सिराहा बडहरामाल गाविस –३ का २५ वर्षीय राम सोगारथ महतोलाई समेत गोली प्रहार गरी सख्त घाईते बनाई फरार रहेका व्यक्तिहरूको खोजतलास गर्दै जाँदा केन्द्रीय अनुसन्धान व्यूरो समेतबाट खटिएको टोलीले सो घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनी कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको उल्लेख छ । 
 
पक्राउ पर्नेमा सिराहा राजपुर –१ रजोखरका २४ वर्षीय राम रिझन यादव अन्य ६ जना छन् । उनले आफुलाई भूमिगत जनतान्त्रिक टाईगर जनशक्ति पार्टीको सैन्य कमाण्डर बताएका छन् । उनी फागुन ६ गते पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्यमा धनुषा गणेशमान चारनाथ नगरपालिका–२ का ४२ वर्षीय जोगीन्द्र महतो, २२ वर्षीय नागे साह, २४ वर्षीय शुभ नारायण यादव छन् । यस्तै, २२ धनुषाधाम नगरपालिका–८ का ३५ वर्षीय प्रमोद कुमार पुर्वे, सिराहा मिरचैयाका २४ वर्षीय बेचन पासवान र सिराहा राजपुर –१ रजोखरका जसलाल यादव छन् । घटनामा संलग्न अन्यको समेत खोजी भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । लोहनीले भने, ‘राम रिझनले संगठनको सन्य कमाण्डर हुँ भन्ने स्वीकारेको छ, अन्यहरु संलग्नताका आधारमा पक्राउ परेका हुन् ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ