arrow

गण्डकी प्रदेशकाे राजधानी रहेकाे कास्की सबै भन्दाबढी गर्भपतन हुने जिल्ला

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
avertion.jpg

पोखरा । कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा देखिएकाे छ । एक अध्ययनका अनुसार कास्की सबैभन्दा बढी गर्भपतन हुने जिल्लामा परेकाे हाे । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशकाे राजधानी रहेकाे कास्कीलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएका हुन् । गण्डकी प्रदेश र त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्क छ । 

परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन गर्नका लागि कास्कीमा मात्रै ४०स्वास्थ्य संस्था छन् । गर्भपतन गर्नेमा शहरका महिला बढी हुने गरेको उनकाे भनाई छ । उनले “कास्कीका बजार क्षेत्रकै मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् । बाँकी मात्रै गाउँका महिला सेवा लिन आउँछन्” भने । प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनी बताउँछन्  

त्यसैगरी कास्कीमा असुरक्षित गर्भपतनको समस्या बढिरहेको अधिकारीले बताए । “ एघार प्रतिशत त २० वर्षमुनिका युवती नै हुने तथ्य फेला परेको छ ।” उनीहरुले गैरकानुनी स्वास्थ्य केन्द्रमा गएर गर्भपतन गर्ने गरेको बताइएको छ । 

गर्भपतन गर्ने अधिकांश वैवाहिक सम्बन्धमा रहेकाहरु छन् । परिवार नियोजनको साधनको प्रयोगबारे जानकारी नलिने र प्रयोग गर्न नखोज्ने कारणले महिलाहरु गर्भपतनको जोखिम लिन बाध्य भएको अधिकारीको भनाई छ । उनी भन्छन्, “ परिवार नियोजनका साधनका प्रयोगबारे राम्रोसँग जानकारी लिन सक्ने हो भने गर्भपतन केही कम गर्न सकिन्छ ।” छोराको आशमा छोरीको भ्रुण हत्या गर्नेहरुका कारणले पनि गर्भपतन बढ्ने गरेको उनकाे भनाई छ । गर्भपतन कम गर्नलाई महिला स्वयंले आफ्नो प्रजनन स्वास्थ्य अधिकारका बारेमा सचेत हुँदै परिवार नियोजनको साधनमा जोड दिनुपर्ने उनकाे सुझाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ