arrow

१२ वर्षपछि चलचित्र हल पुगे बरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
poudel-hall.jpg

काठमाडौं। पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग हेर्न कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सिटी सेन्टरस्थित् बिग मुभिजमा पुगेका छन् ।

बुधबार साँझ  पौडेलले आफू १२ वर्षपछि हलमा आएर चलचित्र हेरेको प्रतिक्रिया दिए । उनले भने,‘ऋषि धमलाले बनाएको फिल्म राम्रो छ । विषयवस्तु राम्रो छ । धमलाजीको कुरा हार्न नसकेर म हलमा आएको हुँ । कलाकारहरुको अभिनय जबरजस्त छ ।’ चलचित्रले युवा पुस्ताहरुको मन जितेको पनि नेता पौडेलले बताए ।

त्यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि चलचित्र सफल हुने विश्वास दिलाए । उनले  चलचित्र क्षेत्रमा भएको एकाधिकार तोड्न पत्रकार धमलालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘देश र जनताको लागि निरन्तर खट्ने पत्रकार फिल्म क्षेत्रमा आउनुभएको छ, उहाँलाई हल वितरकहरुले किन प्रोत्साहन नगरेको ? किन सहयोग नगरेको? मलाई यसमा दुःख लागेको छ । सबैले साथ दिनुपर्छ । मुलुकमा विद्यमान सबै प्रकारका एकाधिकार तोड्नुपर्छ । धमलाजीले भनेकोजस्तो चलचित्र क्षेत्रमा रहेको सिण्डिकेट तोड्न मेरो पूर्ण साथ छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ