arrow

धमलाले गरे लामिछानेलाई नायक बन्न प्रस्ताव

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
ravi_and_rishi1.jpg

काठमाडौं । पत्रकार रवि लामिछानेले ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ हेरेका छन । बिहीबार अपरान्ह कुमारी हल पुगेर लामिछानेले उक्त चलचित्र हेरेका हुन् ।  

चलचित्र हेरिसकेपछि लामिछानेले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने‘ऋषि धमलाले गरेको कामलाई म स्यालुट गर्न चाहन्छु । उहाँले आफ्नी श्रीमतीलाई नायिका बनाउनुभएको छ । यो राम्रो कुरा हो । बास्वतमा ऋषिजी नेपाली पत्रकारितामा मैले सम्मान गर्ने व्यक्तित्व हो । उहाँ धेरै मेहनती पत्रकार हुनुहुनछ । दैनिक २० घण्टा काम गर्नुहुन्छ । उहाँले गरेको कामको म उच्च मुल्यांकन गर्न चाहन्छु।’

उनले फिल्म समिक्षा आ–आफ्नै हुने भएपनि अनुराग चलचित्र राम्रो बनेको पनि विश्वस दिलाए । उनले भने,‘अनुराग राम्रो चलचित्र बनेको छ, एकपटक हेर्नुहोस् भन्छु । उहाँले मलाई नायकमा अफर गर्नुभयो भने अस्विकार गर्दिन् ।’

पत्रकार धमलाले भने आफूले बनाउने अर्को चलचित्रमा लामिछानेलाई नायक बन्न प्रस्ताव गरेका थिए । चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ सञ्चालन गर्दै आएका लामिछानेले पत्रकार धमलाले बनाएको चलचित्र भएकै कारण आफू हेर्न आएको प्रतिक्रिया दिए ।
 
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ