काठमाडौं । अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी छ । २ सय २२ मत गणना गर्न बाँकी छँदा अध्यक्षकी उम्मेद्वार नवीना लामा १ सय ६९ मतले अघि छिन् । लामाले ७६३ मत ल्याउँदा अध्यक्षका प्रत्यासी दिपक गौतमले ५ सय ६३ मत ल्याएका छन् । यो समाचार तयार पार्दा सम्म १२ सय ९७ मत गणना भइसको थियो । विश्व विद्यालय अन्तर्गतको निर्वाचन बुँतको मत गणना भइरहेको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा नविना लामा प्यालन जीतको नजिक पुगेको छ। शुक्रवार साँझबाट एमाले पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको मतगणना आइतवार साँझसम्म जारी छ।
..................................................................
मतगणनाको पछिल्लो परीणाम अनुसार अध्यक्षमा नविना लामाले अग्रता कायमै राखेकी छन। महासचिवमा लामा प्यानलका ऐन महरले दिपक गौतम समहुका अब्दुल हुसेन खाँलाई पछाडी पारेका छन्। पदाधिकारीहरुमा भने दुबै समुहका मिश्रीत व्यक्तिहरु अगाडी भएनपि बहुमत भने लामा पक्षकै अगाडी रहेका छन्। नयाँ नेतृत्वका लागि दीपक गौतम र नविना लामा प्यानल सहित प्रतिष्पर्धामा छन्। पछिल्लो मतगणना अनुसार लामाले गौतमलाई सय भन्दा बढी मतले पछि पारेकी छन्। नविना लामाले ६०९ ल्याउँदा दिपक गौतमले ४४२ मत प्राप्त गरेका छन्।
यस्तै महासचिवमा लामा प्यानलका ऐन महरको ६०१ र अब्दुल हुसेन खाँको पक्षमा ४३८ मत परेको छ। महरले पनि सय मतको अग्रता लिएका छन्। लामा प्यानलबाट उपाध्यक्षमा उठेका रश्मी आचार्य ४९५, शैलेश लामा ४२६, महेस बर्तौलाले ५२३ र सुनिता बरालले ४६७ मत ल्याएका छन्। यस्तै गौतम पक्षबाट उपाध्यक्षमा उठेका जीवन राईले ३९३, निलकण्ठ आचार्यले ४०५, राधिका खतिवडाले ४२० र सरोज यादवले ४१० मत ल्याएका छन्।
सचिवमा लामा प्यानलबाट अमृत बुढाले ५१६, समिक बडालले ५५०, आरसी लामिछानेले ५३९, कमला बोहराले ४८०, मकर खड्का ४६६, दुर्गानन्द ठाकूरले ४९९ र वसन्त ढकालले ४२३ मत ल्याएका छन्। यस्तै गौतम प्यानलबाट सचिवमा वसिम आलमले ४४४, सुदेश पराजुलीले ४४७, आरती लामाले ४८४, भक्तकुमारी लामाले ४०१, भीम रावलले ३४७, गौतम राईले ४०१ र अशेष घिमिरेले ४०२ मत ल्याएका छन । कोषाध्यक्षमा लामा समुहकी झपेन्द खत्रीको ५६२ मत रहेको छ भने गौतम समुहका कमल शाहीले ३९३ मत ल्याएका छन्।
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि बुधबार राती भएको मतदानमा १५ सय २० मत खसेको छ। १५ सय ९७ प्रतिनिधिमध्ये ७७ मत खसेको थिएन।