arrow

दोलखा कांग्रेसमा खड्का अगाडी (अपडेट)

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
ishwor-rudra.jpg.jpeg
दोलखा । नेपाली काँग्रेस दोलखाको सभापतिको चुनावको दोस्रो चरणको प्रतिस्पर्धामा रुद्र बहादुर खड्का र ईश्वर मानन्धरबीच कडा टक्कर देखिएको छ । पहिलो चरणको प्रतिस्पर्धामा कुनै पनि उमेद्वारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । साँझ सुरु भएको मतगणनामा पछिल्लो नतिजा अनुसार रुद्रबहादुर खड्काले २०१  र इश्वर मान्धरले ९९ मत प्राप्त गरेको स्थानिय पत्रकार रविन्द्र गौतमले जनाएका छन्। अबको केही घण्टामै पूर्ण नतिजा आउने बताइएको छ । कुल ६ सय ६ मत खसेको छ । 
 
शनिवार भएको पहिलो चरणको निर्वाचन पछि भएको मतगणनामा रुद्र बहादुर खड्का र ईश्वर मानन्धबीच प्रतिस्पर्धा देखिएको थियो । अरु दुई उमेद्वारहरु कुन्दन काफ्ले र वर्मा लामाले पनि प्रतिष्पर्धामा कडा रुपमा आफूलाई उभ्याएका थिए। तर दोस्रो चरणमा भने उनीहरु जान सफल भएनन् । खड्का अर्जुननरसिंह केसी निकट हुन् । उनलाई देउवा समुहका स्थानिय नेता जिपछिरिङ लामाले सहयोग गरेका थिए । ईश्वर मानन्धर महामन्त्री प्रकाशमानसिंह र बालकृष्ण खाँड निकट हुन् । काफ्ले महामन्त्री कृष्ण सिटौला निकट हुन् । लामा भने खुम बहादुर खड्का र सुजाता कोइराला निकट मानिन्छन् ।  
 
फागुन ९ गते दिवंगत पार्टी सभापति शुसिल कोइरालाको अस्तु सेलाउने र श्रद्धाञ्जली कार्यक्रम गरेपछि दोस्रो चरणको निर्वाचन आइतवार नै भएको हो । शनिवार राती अबेर प्राप्त मतगणना अनुसार रुद्र बहादुर खड्काले २३३ मत हासिल गरे । ईश्वर मान्नधरले १६६, कुन्दनराज काफ्लेले १४२ र बर्मा लामाले ६९ मत पाएका छन् । पहिलो चरणमा कसैले बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको चुनाव भएको हो । सचिवमा सन्तोष रिमालले ३६८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी रामेश्वर उप्रेतीले २१८ मत ल्याएका छन् । कोषाध्यक्षमा कृष्ण केसीले २२१ मत ल्याएर विजयी भएका छन्। सन्तोष मैनालीले १६५ मत ल्याए भने विराजमान श्रेष्ठले १७४ मत ल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ