arrow

एक बोतल ह्वीस्कीको झण्डै १३ करोड रुपैयाँ !!

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
wishkey.jpg

एजेन्सी । स्कटल्याण्डको एडिन्बरामा दुर्लभ खालको सिंगल मल्ट ह्वीस्की (जौको रक्सी) ११ लाख अमेरिकी डलर अर्थात् १२ करोड ९८ लाख रुपैयाँमा (आजको दरभाउ अनुसार) बिक्री भएको छ। लिलामीमा राखिएको यो रक्सीको मूल्य रक्सीका लागि खर्च गरिएको विश्वकै सबभन्दा महंगो हो।

ह्वीस्की उद्पादक म्याकालान भ्यालेरियो अदामी १९२६ को ६० वर्ष पुरानो यो बोतल एशियाका एकजना संकलनले फोन मार्फत बुधबार खरिद गरेको लिलामकर्ता बोनहाम्सले जनाएको छ । तर खरिदकर्ताको परिचय खुलाइएको छैन ।

यो ह्वीस्की सन् १९८६ मा बोतलमा हाल्नुअघि ६० वर्षसम्म विशेष ट्यांकीमा राखिएको थियो । यसमा प्रयोग गरिएको गुणस्तर, कला लगायतका कारण विज्ञहरुले यो रक्सीलाई इसा मसिहले अन्तिम भोजमा खाएको रक्सी “होली ग्रेल” सरहको हो भनेका छन् ।  

यसअघि बोनहाम्सले नै यस्तै खालको सिंगल मल्ट ह्वीस्की हङकङमा १० लाख अमेरिकी डलरमा लिलाम बिक्री गरेको थियो । पूर्व खरिदकर्ताले यो रक्सी सन् १९९४ मा म्याकालान डिष्टिलरीबाट संकलन गरेको खबर छ । तर त्यो बेला ती खरिदकर्ताले कतिमा किनेका थिए भन्ने चाहिँ खुलाइएको छैन ।

 म्याकालानले यो रक्सीको लेबलको कला बनाउनका लागि कलाकारहरु भ्यालेरियो अदामी र पिटर ब्लेकलाई खटाएको थियो । यस्ता रक्सी जम्माजम्मी २४ वटा बनाइएको पनि खबर छ । यस्तो रक्सी अब कतिबाँकी छ भन्ने खुलाइएको छैन । तर एउटा बोतल सन् २०११ मा जापानमा आएको भूकम्पले फुटेको र अर्को एक बोतल चाहिँ खोलेर खाएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ