arrow

नेकपा प्रदेश ५ मा भागबण्डा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज १९ शुक्रबार
nekapa_pic.jpg

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान थालेको छ ।  प्रदेश नं. ५ का अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिस कार्यदल समेत गठन गरेको छ ।
 
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी नेकपाले पहिलो बैठकका निणर्यहरु सार्वजनिक गरेको छ । जिल्ला मातहतका पूर्व दुबै पार्टीका पार्टी कार्यालयहरु एवं भौतिक सम्पत्तिहरुको अभिलेख तयार गरी मातहतका कार्यालय व्यवस्थापनको योजनासहित प्रदेश कमिटिमा प्रस्ताव गर्ने, पूर्व दुबै पार्टीका अलग अलग रुपमा रहेका पार्टी सदस्यता अभिलेखलाई एकीकृत रुपमा व्यवस्थित गर्ने, एकीकृत रिपोर्टलाई प्रदेश कमिटिमा सिफारिस गर्ने लगायतका काम गर्न कार्यदल गठन गरिएको हो ।

प्रदेशका १२ वटै जिल्लामा ४-४ जनाको दरले कार्यदल गठन गरिएको छ । जसअन्तर्गत पूर्वी रुकुमबाट मेघबहादुर श्रेष्ठ, टोपबहादुर वली, सतमान पुन र होबप्रसाद श्रेष्ठ, रोल्पाबाट आशबहादुर पुन, कुमार दसौधी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्ती, प्यूठानबाट कृष्ण अधिकारी, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी चयन भएका छन्।

त्यस्तै अर्घाखाँचीबाट चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तोजबहादुर रायमाझी, गुल्मीबाट बालसिंह काउछा, बिरबहादुर कार्की, बुद्धि जीसी र मधुकृष्ण पन्त, पाल्पाबाट नारायण आचार्य, नेत्र पाण्डे, राधाकृष्ण कंडेल र राजेन्द्र विश्वकर्मा, रुपन्देहीबाट गोपाल भट्टराई, निर्मल जीसी, शिवराज सुवेदी र अनुुप बराललाई कार्यदलमा चयन गरिएको छ ।

त्यसैगरी पश्चिम नवलपरासीबाट घनश्याम यादव, लुल्सी पासी, थानप्रसाद गैरे र सीता पौडेल, कपिलबस्तुबाट झविलाल पोखरेल, डम्बर शर्मा, भानुप्रकाश श्रेष्ठ र रामचन्द्र शाह, दाङबाट टिकाराम खड्का, तुल्सीराम पुन, रामजी चौधरी र शिवकुमार आचार्य, बाँकेबाट अक्कलबहादुर बम, अशोक कोइराला, गोपाल गिरी र प्रकाश सुवेदी तथा बर्दियाबाट पूर्ण शर्मा, भुवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा र हरि ज्ञवाली रहेको कार्यदल गठन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओनसरी घर्तीले जानकारी दिईन् ।

नेकपामा बाहिर हल्ला भएजस्तो विवाद नभएको भन्दै पोखरेलले विधि र प्रक्रियाबाटै उठेका विषयलाई टुंङ्ग्याइने उल्लेख गरे। सरकारले गरेका गतिविधि जनताकै पक्षमा भएपनि ती विषयलाई बिरोधको शैलीमा प्रतिपक्षले प्रस्तुत गर्ने कुचेष्ठा गरेको आरोप पनि मुख्यमन्त्रीले लगाए ।  सरकारले विधि र प्रक्रिया बनाएर सुधारका काम थाल्दा केही बिलम्ब भएको उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश नं. ५ का सहइन्चार्ज दलबहादुर राना, सचिव जगप्रसाद शर्मा (अपार) लगायत केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ