arrow

एमाले अखिलमा नविनाको प्यानल नै विजयी

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
nabina-lama.jpg.jpeg
काठमाडौं। नेकपा (एमाले)को जनवर्गीय संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रतिद्धन्द्धी दिपक गौतमलाई पछाडी पार्दै निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन्। लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने प्रतिष्पर्धी गौतमले मत ६ सय ४९ पाएका छन् । अखिलको इतिहासमा लामा दोस्रो महिला अध्यक्ष हुन्। एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री अखिलको पहिलो महिला अध्यक्ष हुन्। लामा २० बर्षदेखी निरन्तर अखिलको राजनीतिमा क्रियाशिल छिन। 
 
यसैगरी उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्तौला, सुनिता बराल, शैलेस लामा विजयी भएका छन्। उनीहरु सबै पार्टी अध्यक्ष केपी शर्मा ओली अर्थात संस्थापन पक्ष निकट हुन। बर्तौला ७८६, आचार्य ७४२, लामा ६८२ र बराल ७२१ मतका साथ निर्वाचित भएका हुन्। यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे। 
 
सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन्। तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन्। कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन्। 
 
यसअघी संस्थापन पक्षको उमेद्वार फाइलन गर्ने क्रममा महरले लामालाई समर्थन गरेपछि यो प्यानलले जित्ने अनुमान गरिएको थियो। अनेरास्ववियुको २२ औं महाधिवेशनमा १५ सय ९७ जना कुल मतदाता थिए । यी मध्ये ७८ मत खसेको थिएन। 



नयाँ