arrow

कोइरालाको स्मरणमा नेविसङ्घद्वारा दीप प्रज्ज्वलन

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
nepal-student-union.jpg.jpeg
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्मरणमा दीप प्रज्ज्वलन गरिएको छ ।
 
स्वर्गीय कोइरालाको १३ औँ पूण्य तिथिको अवसर पारेर आज साँझ शान्तिबाटिकामा दीप प्रज्वलन गरेको हो ।
 
कार्यक्रममा नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले संविधान निर्माणमा स्वर्गीय कोइरालाले दिएको योगदानको कदर गर्दै यसलाई कार्यान्वयन गर्ने नेपाली काँग्रेसको मुख्य चुनौती भएको बताउनुभयो ।
 
कार्यक्रममा नेवि सङ्घ केन्द्रीय कार्यालयका मुख्यसचिव शिव रिमालले निष्ठावान्, त्यागी, इमान्दार र कर्तव्यनिष्ठ कोइराला भएको भन्दै उहाँको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभयो ।
 
दीप प्रज्ज्वलनमा काठमाडौँ उपत्यकाका विभिन्न स्कूल तथा क्याम्पसका छात्राछात्रको सहभागिता रहेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ