arrow

मंगल ग्रहबाट ट्विटर चलाउने को ?

logo
प्रकाशित २०७५ असोज २० शनिबार
mars.jpg

एजेन्सी । ‘कहिले यो सानो प्रयास थियो.....आज ठूलो छलाङ भएको छ’ यो शब्द सन्देश अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको रोबर्ट क्यूरोसिटी मंगल ग्रहमा उत्रिने बितिक्कै पठाइएको थियो । त्यसपछि ट्विटरको @MarsCuriosity अकाउन्टबाट म्यासेज पठाउने, ट्विट र रिट्विट गर्ने सिलसिला रोकिएको छैन ।

 सन् २०१२ मा खोलिएको सो ट्विटर अकाउन्टमा अहिले करिब ४० लाख फलोअर्स पुगेको छ । तर, यो मंगल ग्रहको सूचना कसले प्रेषित गरिरहेको छ, जसकारण मंगल ग्रहको हरेक जानकारीहरु सर्वसाधारण माझ पुगिरहेको छ ? मंगल ग्रहमा गएको यान क्यूरोसिटीकोलाई सर्वसाधाणसँग जोड्ने काम तीन महिलाको एक टोलीले गरिरहेको छ, जसको कार्यालय अमेरिकाको क्लालिफोर्नियाको पैसेडेनामा रहेको छ ।

 तीन महिलोको उक्त टोलीले नासाको २० अलग–अलग परियोजनालाई सोसल मिडिया मार्फत सर्वसाधारणलाई जोड्ने काम गरिहेका छन् । उक्त टोलीका अनुसार सोसियल मिडियामा अन्तरिक्ष सम्बन्धी जानकारी लिन सर्वसाधारणमा ठूलो उत्सुकता छ ।

 मानिसहरुले सोसियल मिडिया मार्फत अन्तरिक्षको जानकारी पाउँदा सर्वसाधारण आफै अन्तरिक्ष मिसनसँग जोडिएको प्रतिक्रिया आउने गरेको उक्त महिलाको टोलीले बताएका छन् ।

त्यस्तै उक्त महिलाको टोलीले अन्तरिक्ष सम्बन्धी सन्देश मात्रै सर्वसाधारणलाई दिदैनन्, उनीहरुले यस्तो परियोजनासँग सम्बन्धित ज्ञान हासिल गर्ने सम्बन्धित वेबसाईटहरुका बारेमा समेत जानकारी दिने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ