arrow

बिस्तारै हराउँदैछन् स्मार्टफोनका यी फिचर्सहरु 

logo
प्रकाशित २०७५ असोज २१ आइतबार
smartphone3.png

काठमाडौं । स्मार्टफोनको व्यापार व्यापक मात्रामा विस्तार हुने क्रममा रहेको छ । यस्तोमा मानिसहरुको रुचिअनुसारको विभिन्न फिचर्सहरु ल्याउने होडबाजीमा स्मार्टफोननिर्माताहरु छन् । यससँगै बजारमा सफल हुन नसकेका फिचर्सहरु भने स्वाभाविकरुपमा वस्थिापित भइरहेका छन् । यस्तोमा अब आउने स्मार्टफोनहरुमा यी फिचर्सहरु हराउँदै जानसक्छन् – 

१. फिंगरप्रिन्ट स्क्यानर 

फिंगरप्रिन्ट स्क्यानर विश्व बजारमा आएको लामो समय भएको छैन तर यो प्रविधिमा देखिएको केही विवाद तथा कमजोरीसँगै अब आउने स्मार्टफोनहरुमा यो प्रविधिको प्रयोग नहुनसक्ने देखिन्छ । एप्पलले आफ्नो एक्सएस, एक्सएस म्याक्स र एक्सआरमा यो प्रविधिको प्रयोग गरेको छैन । कम्पनीले आफ्नो अनुहारबाट नै स्मार्टफोनको सुरक्षा प्रदान गर्ने प्रविधिमा जोड दिएको देखिन्छ । त्यसका साथै एन्ड्रोइड स्मार्टफोन निर्माताहरु भिभो र ओप्पोले पनि आफ्नो आगामी स्मार्टफोनमा यो प्रविधि हटाउने तयारी गरेका छन् । साथै सामसुङको ग्यालेक्सी एस१० मा पनि यो फिचर्स नहरने अनुमान गरिएको छ । 

२. हेडफोन ज्याक 

अहिले विश्वका उत्कृष्ट स्मार्टफोनहरुमा परम्परागत शैलीको ३.५ एमएमको हेडफोनको प्रयोग करिब शून्यको हाराहारीमा पुगेको छ । आउँदै गरेको वानप्लस ६टीमा पनि सेन्स हेडफोन ज्याकको प्रयोग हुनसक्ने बताइएको छ । 

३. सिमकार्ड स्लट 

एप्पलले केही समयअघि मात्र सार्वजनिक भएको आफ्नो आईफोनमा ईसिमको माध्यमबाट दुई सिम सपोर्ट गर्ने प्रविधि ल्याएको छ । यो प्रविधि आगामी दिनमा अन्य एन्ड्रोइड स्मार्टफोनहरुमा पनि आउनसक्ने अनुमान गरिएको छ । यससँगै भौतिक सिमकार्ड विस्थापित हुनसक्ने देखिएको छ । भारतमा पनि जियो र एयरटेलजस्ता टेलिकम कम्पनीहरुले ईसिमको काम सुरु गरिसकेका छन् । 

४. माइक्रो एसडी स्लट 

माइक्रो एसडी कार्डले स्मार्टफोनको परफरमेन्स प्रभावित हुने गरेको मानिँदै आएको छ । त्यसैले स्मार्टफोन निर्माताहरुले आफ्नो इन्टर्नल स्टोरेज बढाउँदै लगेका छन् । कम्पनीहरुले ५१२ जीबीसम्मको इन्टर्नल स्टोरेज प्रदान गर्न सुरु गरिसकेका छन् । यसले आगामी दिनमा माइक्रो एसडी कार्डलाई विस्थापित गर्नसक्ने अनुमान गरिएको छ । 

५. परम्परागत मोबाइल चार्जर 

परम्परागत मोबाइल चार्जर पनि अबको केही समयमा हराउनसक्ने अनुमान गरिएको छ । स्मार्टफोन निर्माताहरुले वायरलेस पोडको माध्यमबाट मोबाइल चार्ज गर्ने व्यवस्था गरिरहेका छन् । यसले पनि परम्परागत चार्जरहरु विस्थापित हुनसक्ने बताइएको हो ।
 
६. स्पिकर 

आगामी स्मार्टफोनहरुमा स्पिकरको कााम डिस्प्लेले गर्नेछ । त्यसका लागि कुनै छुट्टै स्पिकरको आवश्यकता नरहने बताइएको छ । भिभोले आफ्नो स्मार्टफोनमा डिस्प्लेले नै आवाज दिनसक्ने प्रविधिको प्रयोग गरेको छ । यसले आगामी दिनमा स्मार्टफोन निर्माताहरुले आफ्नो स्मार्टफोनमा उक्त प्रविधिको प्रयोग हुनसक्ने बताइएको छ । 

७. भोल्युमको भौतिक बटम

स्मार्टफोन निर्माताहरु अहिले धेरै कामहरु गर्नसक्ने पावर बटम ल्याउने दिशामा अघि बढिरहेका छन् । यसबाट भोल्युम बढाउने र पावर अन/अफ गर्ने काम गर्न सकिने बताइएको छ । 

८. सिंगल लेन्स क्यामेरा 

पछिल्लो समय स्मार्टफोनहरुले रेयर क्यामेरामा एउटमात्र लेन्सको प्रयोग गर्न छाडिसकेका छन् । दुईवटा मात्र नभई तीन वटा रेयर क्यामेराको प्रयोग गरिएको स्मार्टफोनहरु बजारमा सार्वजनिक भइरहेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ