arrow

रोबोर्टमा मानवको दिमाग !

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
robot.jpg

एजेन्सी। रोबोर्टलाई पनि मानिसको जस्तो सोच्न सक्ने बनाइने भएको छ। मानिसको जस्तो सोच्न सक्ने रोबोर्ट वनाउने काम रुसमा शुरु भैसकेको जनाइएको छ। रुसका एक व्यवसायीले रोबोटमा मानवको दिमाग राख्ने परियोजनामा काम शुरु गराएका हुन्।

परियोजनाका लागि रूसका व्यवसायी इटसकोवले १०० वैज्ञानिकको मद्धत लिइरहेका छन्। सो परियोजनाको नाम अवतार दिइएको छ। केहि बर्ष अघि सुरु भएको सो परियोजना १० बर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

 रोबोटमा मानवको दिमाग बिना सर्जरी हाल्ने बताइएको छ। रोबोटमा कम्प्यूटरको तरह दिमाग डाउनलोड हुने वताइएको छ। तर कसरी काम हुन्छ भन्ने बारेमा थप जानकारी भने आउन वाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ