arrow

जनसम्पर्क समिति कोरीयाको एनपी साउद मार्फत नेतालाई गुनासै गुनासा

logo
आदर्श केसी,
प्रकाशित २०७५ असोज २२ सोमबार
np-saud.jpg

दक्षिण कोरिया ।  नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय  भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरीयाले नेपालको समसामहिक घटनाक्रम र पार्टीका गतिबिधि सग  सम्बन्धित बिषयमा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया  कार्यक्रम सम्पन्न गरेको छ । उक्त भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश(एनपी) साउदले सम्बोधन गरेका थिए ।

 सो अवसरमा नेता साउदले कांग्रेसलाइ सुधार गर्न कार्यकर्ता तथा शुभचिन्तकबाट आएका सुझाव तथा गुनासा हरु अत्यन्तै महत्वपुर्ण भएको भन्दै नेतृत्वले पनि गम्भिर रुपमा लिने बताए। निर्वाचनमा चुनाव हारेपछि केन्द्रिय समिति र पार्टी नेतृवले पार्टीलाइ पुनः जिवित  बनाउन टोलबाट जागरण र सृदृढीकरण अभियानहरु समेत चलाइने उनले बताए।

चुनावमा हार्नुमा  केही प्राविधिक त्रुटीहरु मुख्य कारण  रहेको भन्दै अब त्यस्ता त्रुटीहरु नदोहरीने प्रतिबद्धता पनि नेता साउदले ब्यक्त गरे । तपाईंहरुको भावना अनुसारको पाटि बन्नु पर्छ भन्ने धारणा मेरो पनि छ म त्यहि अनुसार पाटिमा सघर्ष गर्छु साउदले भने । अझै संक्रमण कालको अन्त्य नभएको भन्दै मुलुकको समृद्धीको लागी नेपाली कांग्रेसले  आफुलाइ समेत सुधार  गदै अगाडी बढने उनले बताए।

मुलुकको अर्थ शासन चलाउन  बैदेशिक रोजगार र रिमिट्यान्स  भएको भन्दै विदेशमा कमाएको पैसा उचित आम्दानीको क्षेत्रमा लगानी गर्न  नेपालीहरुलाई उनले अनुरोध गरे ।  बर्तमान राजनीतिक परिबेश , पार्टी संगठन र  संमृद्द नेपालको लागि युवा शक्तिको  विशेष भुमिका  हुने भन्दै नेपाली कांग्रेसले युवाको शक्तीलाई उत्प्रेरणा गर्ने कुरामा समेत जोड दिएका थिए ।

उक्त कार्यक्रममा नेता साउद मार्फत नेपाली कांग्रेस का केन्द्रीय नेताहरुको प्रवृत्ति बारे बोल्ने वक्ताहरु सुझाव सहितको गुनासो गरेका थिए । कार्यक्रममा गैर आवासीय नेपाली सघका अध्यक्ष लक्ष्मी लामाले मुलुकमा लगानीको वातावरण असुरक्षित भएको भन्दै लगानीकर्ताहरु डराएको बताए।

विभिन्न कारणले लगानी डुब्ने हुदा लगानी सुरक्षित हुने वातावरण निर्माण गर्न नेपाली कांग्रेस अग्रसर हुनुपर्ने सुझाव दिए । जनसम्पर्क  समिती दक्षिण कोरीयाका पुर्व  सभापति नवराज सिवाकोटी,सल्लाहकार भजिन्द्र क्षेत्री, निर्वतमान सभापति गिरीराज कुँवर, लगायतले नेता साउद मार्फत केन्द्रीय नेताले  सुझाब सहितको मन्तब्य राखे ।

 अन्तर्राष्ट्रिय  भातृ संगठन जन सम्पर्क समितिहरुको पार्टी प्रति लगानी र योगदान उत्तिकै रहे पनि पार्टी नेतृत्व  र नेताले त्यसको वेवस्था गरेको गुनासो पोखे । “हामीले दुख गरेर तपाइहरुलाइ सम्मान गर्छौ ,पार्टी प्रति सके जति लगानी गछौ तर तपाइहरु भुल्नु हुन्छ” आगामी दिनमा सुधार गर्नुहोला,  पुर्व सभापतिहरु गिरीराज कुँवर र नवराज सिवाकोटी र सल्लाहकार भजिन्द्र क्षेत्रीले साउदलाइ सुझाब दिए ।

 न घरको काम गरेर परिवार पाल्ने ,न इज्जत पुर्वक पार्टीको शिर उच्च बनाउने तर चरित्र मा खोट भएका ब्यक्तिहरुले  मात्रै नेतासँग भेटने पाउने चलनको अन्त्य गर्न आग्रह गरियो । व्यक्ति मात्रै पार्टीमा हावी भएको तपाईं हरुलाइ पनि थाहा छ किन सुधार गर्नुहुन्न ? यस्तो प्रवृतिले पार्टी झन कमजोर भएको समेत उहाहरुले आक्रोस पोखे।

 कतिपय महत्वपुर्ण विषयमा समेत नेताहरुलाइ भेटन जादा भेटन नपाएर फर्कनु परेको तर प्रभावहिन व्यक्तिहरुले भेटघाट र अन्य अवसरहरुमा पहुच राख्ने प्रचलनले  कार्यकर्तामा निराशा हुने  अवस्था आएको  छ ।  नेताहरुले यस्ता गतिबिधीहरुलाइ तत्काल सुधार्न पनि आग्रह गरिएको थियो ।

 आइतबार सौलमा भएको सो कार्यक्रममा स्वागत मन्तब्य राख्दै उपसभापति जितेन्द्र महताले नेपाली कांग्रेसको आन्तरिक विवाद अन्त्य  गर्न खवदारी समेत गरे। क्रियाशिल सदस्यता लगाएतका बिषयमा फेरी विवाद छताछुल्ल हुन थालेको भन्दै उपसभापति महताले यसले राम्रो संकेत नदिने बताए ।

 कार्यक्रममा कोरीयाको महान चाड छुसकको अवसरमा अधिवेशन मार्फत विभिन्न संगठन तथा समाजमा निर्वाचित नेपाली कांग्रेस आस्थावान पदाधिकारीहरुलाइ समेत सम्मान गरिएको  जन सम्पर्क समिति दक्षिण कोरीयाका महामन्त्री कुमार थापाले जानकारी दिए ।

 सभापति आस्थाविन्दु मल्लले संगठन बलियो भएपछि व्यक्ति पनि बलियो हुने भन्दै सबैलाइ संगठन र पार्टीलाइ बलियो बनाउन तिर दृढ हुन अनुरोध गरे । पछिल्लो समय जनसम्पर्क समितिले केन्द्रिय स्तरका नेताहरुको सहभागितामा आधा दर्जनको हाराहारीमा बिभिन्न कार्यक्रमहरु हरु गरेको भन्दै यस्ता कार्यक्रमको उपलब्धीहरुको पनि रक्षा गर्नु पर्ने मल्लले बताएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ