arrow

फस्र्ट एड किट्ससँगै समुदायलाई स्वास्थ्य चौकी हस्तान्तरण

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
chaukis.jpg

पोखरा । विभिन्न स्थानीय तह र सरकारी विद्यालयहरुलाई फस्र्ट एड् किट्स वितरण गर्दै आएको प्रारम्भ संस्थाद्धारा निर्मित स्वास्थ्यचौकी समुदायलाई हस्तान्तरण गरिएको छ ।

कास्कीको विकट उत्तरी भेग माछापुच्छे् गाँउपालिका वार्ड नं. १ करुवामा निर्मित स्वास्थ्य चौकी सोही गाँउपालिकाका अध्यक्ष कर्ण गुरुड. र सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधी कल्पना क्षेत्रीले संयूक्तरुमा उद्घाटन गरी हस्तान्तरण गरेका हुन ।

भूगोलका र मोटर वाटोका कारण जिल्लामै पछि परेको यस क्षेत्रमा यी र यस्ता खाले विकासले जनतालाई खुशी मिल्ने निर्माण समितिका संयोजक देव वहादुर मगर बताउँछन् । महिनामा एक पटक सामान्य खोप केन्द्रमा मात्र चल्ने करुवाका नागरिकलाई प्राथमिक स्वास्थ्य सेवमा थप सुविस्ता मिल्ने उनको भनाई छ ।
 
२०७२ सालको शक्तिशाली भूकम्प पश्चात पुर्ननिर्माणका कार्यमा सक्रिय प्रारम्भले सिंगापुर रेडक्रस संगको सहकार्यमा विशेष गरि सरकारी विद्यालय, स्वास्थ्य चौकी, सामुदायीक भवन र प्रहरी चौकी निर्माण गर्दै आइरहेको छ ।

पहिलो चरणका सम्पूर्ण परियोजना सम्पन्न गरि समुदायालाई हस्तान्तरण गरिसकेको संस्थाले दोश्रो चरणका परियोजना अन्र्तगत कास्कीमा स्वास्थ्यचौकीको अलावा काभ्रेमा विद्यालय, नवलपुरमा खानेपानी तथा शौचालय निर्माण गरिरहेको छ ।

सोही परियोजना अन्र्तगत तनँहुको शुक्लागण्डकी स्थित गाँउफर्काेदय मावीमा इ लाइब्रेरी जडान गरि यस अघि नै सञ्चालनमा आइसकेको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले जानकारी दिए ।

सिंगापुर रेडक्रसको सहयोगमा शिक्षा, स्वास्थ्य र सार्वजनिक सरोकारका संरचना पुर्ननिर्माण गरिरहेको प्रारम्भले पछिल्लो समय विभिन्न स्थानीय तह, सरकारी विद्यालय, गैरसरकारी संस्था र स्वास्थ्य स्वंसेवीकाहरुलाई प्राथमिक स्वास्थ्य सामाग्री फस्र्ट एड किट्स वितरण गरिरहेको छ ।

पाल्पाकै सबै (१०) स्थानिय तह, काभ्रेका ७ स्थानीय तह, प्रदेश नं २, ६ र ७ का सबै जिल्लाका सरकारी बिद्यालयमा उक्त सामाग्री वितरण गरिएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ