arrow

रोनाल्डोले पेनान्टी खेर फालेपछी रियाल बराबरीमा रोकियो

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
Ronaldo-penalty.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा क्रिश्चियानो रोनाल्डोले पेनाल्टी खेर फालेपछी रियाल मड्रिड बराबरीमा रोकिएको छ । मालागाले रियाललाई घरेलु मैदानमा १–१ बराबरीमा रोकेको हो । ३३औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । यद्यपि, ३६औं मिनेटमा अग्रता दोब्बर पार्न पाएको सुवर्ण मौका गुमाए । रोनाल्डोले पेनाल्टी खेर फाले । उनले नजिकैबाट हानेको पेनाल्टी मालागाका किपरले निस्तेज पारिदिए । दोस्रो हाफपछी मालागाका राउल अल्बेन्टोसाले जवाफी गोल फर्काउँदै १–१ को बराबरी गरे । नयाँ प्रशिक्षक जिनेदिन जिदान आएपछी रियाल मड्रिडले छलाङ्ग मार्ने अपेक्षा गरिएकामा हाल सम्म त्यसो हुन सकेको छैन । रियाल तेस्रो स्थानबाट माथि उक्लिन सकेको छैन ।

यस्तै, अन्य खेलमा एथ्लेटिको मड्रिडलाई भिल्लारियलले गोल रहित बराबरीमा रोकेको छ । रियाल सोसिडाडले एथ्लेटिक विल्बाओलाई १–० ले हराउँदा भ्यालेन्सियाले ग्रनाडालाई २–१ ले हराएको छ । सेभिया र रायो भायकानोले २–२ को बराबरी खेल्दै अंक बाँडे । २५औं चरणका खेल सकिँदा सम्म ६३ अंक बटुलेको बार्सिलोना शीर्ष स्थानमा छ । ५५ अंकको एथ्लेटिको मड्रिड दोस्रो तथा ५४ अंकको रियाल मड्रिड तेस्रो स्थानमा छ ।   

Real Madrid attacker Cristiano Ronaldo celebrates after netting the opening goal against Malaga on Sunday afternoon in La Liga

Real Madrid legend and manager Zinedine Zidane watches on from the touchline as his side look to keep their remote title dreams alive
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ