arrow

चेल्सीे क्वार्टरफाइनलमा, म्यान्चेस्टर सिटी ५–१ ले स्तब्ध

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
Chalsea.jpg.jpeg


म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । आइतबार राति घरेलु मैदानमै चेल्सीले म्यान्चेस्टर सिटीलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा, विलियन, ग्यारी केहील, एडिन हाजार्ड र ट्राओरेले एक–एक गोल गरे । सिटीका डेभिड फाउपालाले एक गोल फर्काए ।

एफए कप फुटबलका अन्य खेलमा विजयी हुँदै वेष्ट ह्याम युनाइटेड र क्रिष्टल प्यालेस समेत क्वार्टरफाइनलमा पुगेका छन् । क्रिष्टल प्यालेसले टोटनह्याम हट्सपरलाई १–० ले हराँउदा वेष्ट ह्याम युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई ५–१ ले पराजित गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ