arrow

काँग्रेस गुल्मीमा श्रेष्ठ निर्वाचित

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
13th-congress.png.png.png
गुल्मी। नेपाली काँग्रेसको गुल्मी जिल्ला सभापतिमा भुवनप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।
 
जिल्ला सभापति पदका लागि शनिबार पाँच जनाले उम्मेद्वारी दिएपनि कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आइतबार पुनः निर्वाचन भएको थियो।
 
त्यस्तै सचिवमा खिलध्वज पन्थी र कोषाध्यक्षमा हरिबहादुर खत्री विजयी भएका छन्।
 
निर्वाचन अधिकृत हरि ज्ञवालीका अनुसार तीन वटै क्षेत्रबाट २७ जनाबाट जिल्ला सदस्यका लागि उमेद्वारी परेकामा छ जना मात्रै विजयी भएका छन्। क्षेत्र नं १ बाट गोपालप्रसाद पाण्डे र धिरेन्द्र केसी विजयी भए।
 
जनजातिबाट गोपालप्रसाद श्रेष्ठ, दलितबाट पूर्णबहादुर सार्की, महिलाबाट करुणा खरेल र सीता वलाल जिल्ला सदस्य भएका छन्। त्यस्तै अल्पसङ्ख्यकबाट श्रीप्रसाद छन्त्याल जिल्ला सदस्यमा चयन हुनुभएको छ। क्षेत्र नं २ वाट अनन्त पौड्याल र भाडगाउँ माध्यमिक विद्यालयका प्रधानध्यापक रहेका थम्मनबहादुर खत्री विजयी भएका छन्।
 
त्यस्तै सोही क्षेत्रबाट महिला सदस्यमा अमृतादेवी कुँवर र कल्पना घिमिरे चुनिए। जनजातितर्फ प्रकाश भलामी, दलितबाट झवीन्द्र विक र अल्पसङ्ख्यकबाट कौरव खत्री जिल्ला सदस्य भएका छन् ।
 
क्षेत्र नं ३ बाट काशीबहादुर बोहरा र नवीन जिसी जिल्ला सदस्यमा विजयी भए। महिलाबाट अनिता अर्याल र सुशीला भुसाल, जनजातिबाट गोपाल थापा मगर र दलितबाट हरिकृष्ण परियार जिल्ला सदस्य चयन भएको बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ