- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जिक्वान, चीन । चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ ।
चिनियाँ अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ । लङ मार्च रकेटको यो २८६औं अभियान हो । सिन्ह्वा