arrow

नेकाँ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
13th-congress.png.png.png
म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी सभापति सुशील कोइरालाको निधनपछि स्थगित भएको छैटौँ जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आज पुनः सुरु गरिएको हो । 
 
नयाँ नेतृत्वका लागि सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा भएको छ । सभापति पदका लागि निवर्तमान उपसभापति खमबहादुर गर्वुजा (खमवीर) र महासमिति सदस्य नेत्र महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 
 
त्यसैगरी १२ जना महाधिवेशन प्रतिनिधिमा महिलातर्फ दुईजनाको पदमा छ जना, जनजातितर्फ एकजनाको पदमा दुई, अल्पसङ्ख्यकतर्फ एकजनाको पदमा चार, दलिततर्फ एकजनाको पदमा तीन र खुलातर्फ छजनाको पदमा १९ गरी कुल ३४ जना बीचमा प्रतिस्पर्धा भइरहेको छ । 
 
त्यस्तै जिल्ला कार्य समितितर्फ निर्वाचित सचिव पदमा दुई, कोषाध्यक्षमा दुई र चारजना खुला सदस्य पदमा १२ जनाबीच प्रतिस्पर्धा भएको छ । 
 
त्यसैगरी जिल्ला सदस्य पदमै अल्पसङ्ख्यक एकजनाको पदमा दुई र दलिततर्फ एकजनाको पदमा तीनजना बीच प्रतिस्पर्धा भएको अधिवेशन निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि जिल्लामा रहेका कुल ४०५ जना प्रतिनिधिले मतदान गर्नेछन् । 
 
बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने र मतदान सम्पन्न भएको एक घन्टापछि नै मतगणना सुरु गरिने निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईंले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ