arrow

सवल कांग्रेस जनताको चाहना –बानिया

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
sabuj-baniya.jpg

न्यूयोर्क । नेपाली कॉग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाले सवल र सुदृढ कॉग्रेस नेपाली जनताको चाहना भएको बताएका छन् । बडादशैं तथा दीपावलीको पूर्वसंन्ध्यामा नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर परिवार न्यूयोर्क अमेरिकाद्वारा हिक्सभिलमा आयोजित कॉग्रेस समर्थकहरूको वृहद भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

काँग्रेसीहरूको खिचातानी, बेमेललाई सबक सिकाउन गत निर्वाचनमा जनताले कम्युनिस्टहरूलाई जिताएको भए पनि उनीहरुको ७ महिनाको शासनकालमा देशमा अराजकता, उदण्डता, वेथिति, बलात्कार जस्ता घटनाले जनता आजित भएकाले यी र यस्तो अवस्थालाई नियन्त्रण गर्न काँग्रेस बलियो बन्नुपर्ने उनले बताए । 

दोहोरो नागरिकताको विषय नेपालको संविधानमा प्रस्ट उल्लेख भएको बताउँदै कॉग्रेस नेता बानियाले यो संवैधानिक अधिकारलाई कसैले दिएर दिइने र खोसेर खोसिने कुरा हैन भने ।

अर्काको मुलुकमा रहँदा कानूनी र कागजी प्रकृयाको लागि जे जसरी बसेको भए पनि एक पटकको नेपाली जीवनभर नेपाली हुने नेपाली कॉग्रेसको धारणा रहेको बताए । 

नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर न्यूयोर्क  का सभापति विश्व वास्तोलाले कमजोर र विभाजित कॉग्रेसले कम्युनिस्टहरूसंग प्रतिस्पर्धा गर्न नसक्ने हुँदा, विचार र व्यक्तिगत कुरामा बेमेल भए पनि कॉग्रेसहरूबीच नितिगत एकता हुनुपर्ने कुरामा जोडदिए । 

प्रवासमा रहेका काँग्रेसहरूको चाहना नेपालमा सवल, वलियो र एकिकृत कॉग्रेस देख्न चाहेको उनले बताए । विश्व परिवेशबाट ओझेल परेका कम्युनिस्टहरू नेपालमा बहुमत हुनु नयॉ पुस्ताको लागि पनि अनुपयुक्त भएको उनले बताए ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा च्याप्टर उपसभापति विनोद थापा, रक्तदाता अर्जुन प्रसाद मैनाली, समाजसेवी दुर्गेस कार्की, कोषाध्यक्ष शिव वानीया, सदस्य प्रविण गौतम, शंखनारायणॅ प्रजापति, नीरज साप्कोटा, न्यूयोर्क च्याप्टरका सदस्य उमेश थापा, लक्ष्मी वॉस्तोला, बलराम बानिया लगायतले समसामयिक विषयमा आफ्नो धारणा राख्दै शुभकामना प्रदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ