arrow

के यौनले प्रेमको हत्या गर्दैछ ? (भिडियो सहित)

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
pron-kills-love.jpg.jpeg
एजेन्सी। यौन एउटा उपयोगी साधन, घनिष्ठता बढाउन भएपनि यो सधैका लागि प्रिय हुन सक्दैन। अझै भन्नु पर्दा, यो एकदमै हिंसात्मक र झन बढि महिलाहरुका लागि अपमानजनक नै हुन्छ।
 
आजको पिढीका युवाहरुले पूर्ण रुपमा जवान नहुदै अश्लील सामग्री (पोर्नोग्राफी) उपयोग गरेको पाइन्छ। इन्टरनेट र मोवाइल फोनमा भएको वृद्धिले तथा छिटो, सजिलो र सस्तो प्रविधिका कारण यौनजन्य सामाग्रीमा युवा पिढीको आकर्षण बढेको देखिन्छ।
 
यहि विकृतिको विरोधमा केही समय अगाडि अनलाइन जगतमा नयाँ आन्दोलन शुरु भएको थियो। यो आन्दोलनले 'पोर्नले प्रेमको हत्या गर्दैछ, प्रेमलाई जोगाउनु पर्छ' भन्ने नारालाई प्रबर्दन गरिएको थियो।
 
अश्लीलताले सामाजिक र भावनात्मक सम्वन्धमा विनास गर्दैछ भन्दै केही इन्टरनेट अभियानकर्ताहरुले अश्लीलताको प्रतिघात गर्न इन्टरनेटमा अभियान समेत शुरु गरेका छन‍्।
 
अश्लीलतालाई डरलाग्दो लतको संज्ञा दिदै अमेरिकी गैह्र सरकारी संस्थाले #PornKillsLove भन्ने नाराका साथ जनचेतनामुलक अभियान ट्विटर मार्फत शुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्याम अलजजिराले हेटलाई स्टोरी नै बनाएका थिए। यसै सम्वन्धीत हेर्नुस् भिडियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ