- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता/निर्देशक रेखा थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।
३ दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण-सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पुर्याए वापत लय संग्रौला र लगभग दुई दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्याए वापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ दिने निर्णय गरिएको हो । हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
त्यसैगरि परिवर्तन नेपालको कार्यसमितिको वैठकले ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्याए वापत अभिनेता उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्याए बापत विजय रत्न तुलाधरलाई मती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।
यस्तै अभिनेता निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५बाट सम्मान गरिने समेत निर्णय गरिएको छ ।
पुरस्कार तथा सम्मान तिहार पछि गरिने आयोजना समारोहमा अर्पण गरिने कुरा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्धारा प्रेसीत बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
गत बर्ष अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रका शान्तिप्रियलाई हरितारा पुरस्कार, कलाकार शुभाष गजुरेललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरएिको थियो । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।