arrow

ओलीलाई भारतीय नेताले घेर्दै, गच्छदार मोर्चा नेता थर्काउँदै

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
Gachhadar.jpg.jpeg
विराटनगर । कार्यवाहक प्रधानमन्त्री एंव मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारले, मधेशी मोर्चालाई चित्तवुझने गरी उच्च स्तरिय राजनितिक समितिले सिमांकनको विषय टुंगो लगाउने बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग उपप्रधानमन्त्री समेत रहेका गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट फर्केपछी सयन्त्रणलाइ पूर्णता दिएर तीन महिनाभित्र सिंमाकंनको विवाद टुंगो लगाइने बताए । 
 
सत्तापक्ष तथा प्रतिपक्षको अपनत्व हुनेगरी सयन्त्रलाई पूर्णता दिने भएकाले यसप्रति शंका नर्गन मोर्चालाई गच्छदारले आग्रह गरे । कार्यवाहक प्रधानमन्त्री गच्छदारले, सीमांकनको विषयमा देखिएको विवाद मिलाउँदा प्रदेश थपघट हुनुका साथै प्रदेशको सीमांकनको हेरफेर हुन सक्ने प्रष्ट्याए ।  
 
राजनितिक विवादका कारण अब मुलुकलाई अलमल्याउन नमिल्ने भन्दै गच्छदारले सीमांकनको पुनःनिर्धारण गरेर अहिलेको समस्या समाधान गर्नु जरुरी रहेको बताए । नयाँ संविधानमा भएको दुईवटा महत्वपूर्ण संसोधनसंगै सबै जातजातीहरुको अपन्वत्व भएकाले अब यो वा त्यो वहानामा मुलकुलाई अल्झाउन नहुने गच्छदारको भनाई छ  । भारतीय नेताहरुले मोर्चाको माग सम्बोधन गर्न भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बारम्बार आग्रह गरिरहेका छन् । यता, कार्यभार सम्हालेका गच्छदार मोर्चाका नेता मनाउन थालेका छन् ।
 



नयाँ