arrow

अामेश नीताकाे राेमान्स प्रमोसनमा रेडियोहरुले सघाउने

दिनेशको सामाजिक काम प्रति समर्थन जनाउँदै रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ एशोसिएसन नेपाल(बान)ले उनको फिल्मको प्रमोसनमा सघाउने भएको छ

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
20160222_125953.jpg.jpeg
काठमाडौं । फिल्म प्रमोसनका लागि निर्देशन दिनेश डिसी निकै माहिर छन् । आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको आफ्नो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को प्रमोसनका लागि उनले कुनै कसुर बाँकी राखेका छैनन् । फिल्मले नाफा कमाए पनि नकमाए पनि ७ लाख रुपैंयाँमा धादिङमा तुइनको ठाउँमा झोर्लुङ्गे पुल निर्माण गरिदिने घोषणा गरेका उनले त्यही घोषणा नै अहिले फिल्म प्रमोसनको माध्यम बनेको छ ।

दिनेशको सामाजिक काम प्रति समर्थन जनाउँदै रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ एशोसिएसन नेपाल(बान)ले उनको फिल्मको प्रमोसनमा सघाउने भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा बानका अध्यक्ष गोपाल झाले फिल्मको प्रमोसनका लागि प्रारम्भमा १९ वटा रेडियोले साथ दिने बताए । ‘आजबाट प्रत्येक रेडियोले फिल्म प्रमोसनका लागि साथ दिनेछन् ।’अध्यक्ष झाले भने ।

कार्यक्रममा फिल्मको शीर्ष गीतका गीतकार रत्नशमशेर थापालाई फिल्म युनिटका तर्फबाट ट्रफी र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । फिल्मका निर्देशक डिसीले फिल्ममा नायिकाको दोहोरो भूमिका, पूर्ण प्रेमकथा र सुपर नेचुरल पावरको प्रस्तुति रहने बताए । फिल्मकी नायिका निता ढुंगाना र नायक आमेश भण्डारीले फिल्म हेरिदिन दर्शकलाई आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ