arrow

उठ्न सकेनन् अमिताभ, ट्वीटरमा पोखे पीडा

उनको शरीरमा दुखाईको पीडा यति बढेको छ कि उनी ओछ्यानबाट उठ्न समेत सकेका छैनन् ।

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
amitabh22.jpg.jpeg
मुम्बई । बलिउडकी बीग बीका रुपमा परिचित अभिनेता अमिताभ बच्चनका फ्यानका लागि निराशाको खबर छ । प्रायः सार्वजनिक कार्यक्रममा देखिईरहने अमिताभ केही समयदेखि कुनै पनि कार्यक्रममा देखिएका छैनन् । 

उनको शरीरमा दुखाईको पीडा यति बढेको छ कि उनी ओछ्यानबाट उठ्न समेत सकेका छैनन् । यो कुराको जानकारी अमिताभ आफैले सामाजिक सञ्जाल ट्वीटरबाट दिएका छन् ।

‘यो चिन्ताको कुरा होईन्, तर म यही पीडाका कारण विस्तारै उठ्न पनि सकेको छैन, मलाई दुःख पनि लागेको छ कि पीडाका कारण अवार्ड कार्यक्रममा पनि जान पाइन,’उनले ट्वीटेका छन्,‘जब शरीरमा समस्या आउँछ, मन र आत्मालाई पनि पीडा हुँदो रहेछ । तपाईहरुसँग कुरा गर्न नपाउँदा पनि दुःख लागेको छ, म चाँडै नै स्वस्थ्य हुनेछु भन्नेमा आशावादी छु ।’

गत शनिवार मुम्बईमा भएको जी सिने अवार्ड २०१६ मा बलिउडका धेरै सेलिब्रेटीको उपस्थिति देखिए पनि उनी चाहिँ त्यहाँ स्वास्थ्यकै कारण आउन सकेनन् । उनी हालै मात्र फिल्म ‘वजीर’मा देखिएका थिए भने भने आउन लागेको फिल्म ‘टी३एन’मा पनि देखिँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ