दाङ। दाङ जिल्ला उद्योग वाणीज्य संघले यही फागुन २१ देखी ३० गतेसम्म घोराहीमा आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२” मा रेस्लीङ हुने भएको छ। महोत्सवमा “रेस्लीङ महाभिडन्त” हुने आयोजक मूल समितिले बताएको छ। रेस्लीङ महाभिडन्त मध्यपश्चिम मै पहिलोपटक दाङमा हुन लागेको हो।
“उद्योग व्यापार कृषी एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा यसवर्ष महाभिडन्त हुने मूल समितिका सहसंयोजक खड्गबहादुर बुढाथोकीले जानकारी दिनुभयो। महोत्सवमा फागुन २७ देखी २९ गतेसम्म रेस्लीङ महाभिडन्त हुने उहाँले बताउनुभयो। हिमालयन टाईगर प्रो. रेस्लीङ एशोसियसनको प्रस्तुति र उद्योग वाणीज्य संघको आयोजनामा मनोरञ्जनकालागी रेस्लीङ महाभिडन्त हुने उहाँले बताउनुभयो। जसकालागी १२ जना खेलाडीहरुको टिम दाङ आउने छ। दर्शकहरुहरुको अत्यधिक माग भएकाले महोत्सवमा रेस्लीङ महाभिडन्तको आयोजना गरिएको सहसंयोजक बुढाथोकीले बताउनुभयो। हिमालय टाईगरसँग रेस्लीङकालागी सम्झौता भएको उहाँले जानकारी दिनुभयो।
महोत्सव स्थलबाट एम्बुलेन्स सेवा
महोत्सव अवधिभर एम्बुलेन्स सेवा सञ्चालन हुने भएको छ। महोत्सवमा हुन सक्ने चोटपटक र हुन सक्ने घटनालाई मध्यनजर गर्दै महोत्सव स्थलबाट महोत्सव अवधिभर एम्बुलेन्स सेवा दिईने प्राथमीक उपसमितिका संयोजक सुशील पोख्रेलले जानकारी दिनुभयो।
जसमा महोत्सव उद्घाटन हुने दिन पहिलो दिन फागुन २१ देखी महोत्सव नसकुञ्जेलसम्म एम्बुलेन्सहरुले पालैपालो सेवा दिने उहाँले बताउनुभयो। जसमा नारायणपुर स्वास्थ्य चौकी, लायन्स क्लब नारायणपुर, घोराही हस्पटिल, रोल्पाली समाज, राप्ती सेवा संघ, दाङ देउखुरी होटल व्यवसायी समिति, नेपाल सामुदायीक विकास संस्था, नेपाल परिवार नियोजन, लायन्स क्लब घोराही, नेपाल आमा समूह, राप्ती उपक्षेत्रीय अस्पताल, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, ट्रक व्यवसायी समितिबाट सञ्चालीत एम्बुलेन्सहरुले सेवा दिने छन्।एम्बुलेन्स सञ्चालक संघसंस्थाका प्रमुखहरुको उपस्थितिमा भएको बैठकले पालैपालो सेवा दिने बताएको हो। यसका साथै बैठकले महोत्सव उद्घाटन दिन भने खाली रहेका एम्बुलेन्सहरुलाई सेवाकालागी महोत्सव प्रागणमा सहभागी गराउने निर्णय पनि गरेको छ।
शोभायात्रा उपसमिति विस्तार
महोत्सवको पहिलो दिन हुने शोभायात्रालाई व्यवस्थित बनाउनकालागी आज छलफल भएको छ। महोत्सवको उद्घाटनको दिन हुने शोभायात्रालाई भवय र व्यवस्थित बनाउनकालागी गठन भएको शोभायात्रा ताथा बालउद्यान उपसमितिको आयोजनामा छलफल भएको हो। छलफल उपसमितिका संयोजक नरेश कार्कीको अध्यक्षता र संघसंस्था समन्वय समितिका संयोजक चन्द्रराज पन्तको प्रमुख आतिथ्यमा भएको बैठकले ३५ सदस्यीय उपसमिति विस्तार गरेको छ।
जसको सदस्यहरुमा दिलीप डिसी, काशिराज नेपाल, ऋषीदेव शर्मा, हिमाल खड्का, मुकेश थापा, विना खनाल, पुष्पा रिजाल, मीना लम्साल, शान्ता पोख्रेल, मीना रेग्मी, भिमबहादुर बाठा, दिलकुमारी बुढा, जमा पुन मगर, मानसिह घर्ति, किरणकुमार बुढा, डिल्ली जिएम, शोमराज थापा, अर्जुन कुमाई, राजु दशौदी, केदार सुवेदी, शक्तीराम डाँगी, जुद्धबहादुर रोका, मेनका पोख्रेल, यादाव गिरी, जिवी चिन्तन, चित्रकान्त आचार्य, भरतराज देवकोटा, आनन्द चौधरी, चन्द्रप्रसाद चौधरी, मधुसुदन भट्टराई, रेवा डाँगी, विजया पोख्रेल, अजय केसी लगायतका रहनुभएको छ। शोभायात्रालाई प्रभावकारी बनाउने विषयमा अर्को बैठकले निर्णय गर्ने छ।